© २०२३
लमही (बुटवलटुडे), २६ असोज– विभिन्न ठाउँमा अबैध रूपमा संकलन गरि राखिएको बालुवा लमही नगरपालिकाले बरामद गरेको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारी भित्र लुकाएर राखेको बालुवा जफत गरिएको हो ।
नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, २ का वडा अध्यक्ष नेपालु चौधरी, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा, प्राविधिक अमित विश्वकर्मा लगायतको टोलीले अनुगमन गर्दै अबैध रूपमा थुपारे राखिएको बालुवा नापजाँच गर्दै बरामद गरेको हो ।
लमही नगरपालिका –७ को हसनापुरबाट ११ सय ५५ घन मिटर बालुवा, गिधनियाँबाट ३ सय घन मिटर बलुवा, बनगैबाट १ सय ३८ घन मिटर बालुवा, सोही ठाउँबाटै १ सय ८ घन मिटर गरि एक हजार ७०१ घन मिटर बालुवा जफत गरिएको हो ।
लमही नगरपालिका – ६ मध्यनगर अर्जुनखोला घाटबाट २ वटा ट्याक्टर, ८ को गिधनियाँ घाटबाट २ वटा ट्याक्टर, वडा नम्बर २ को घाटबाट १ वटा गरि पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । त्यस्तै अबैध रूपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एक वटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा लिएको छ ।