© २०२३
लमही, २५ असोज ।
विभिन्न ठाउँमा अवैध रुपमा संकलन गरी राखिएको बालुवा लमही नगरपालिकाले बरामद गरेको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारी भित्र लुकाएर राखेको बालुवा जफत गरिएको हो ।
नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, २ का वडा अध्यक्ष नेपालु चौधरी, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका सदस्य कुल बहादुर बुढा, प्राविधिक अमित विश्वकर्मा लगायतको टोलीले अनुगमन गर्दै अबैध रुपमा थुपारे राखिएको बालुवा नापजाँच गर्दै बरामद गरेको हो ।
लमही नगरपालिका –७ को हसनापुरबाट ११ सय ५५ घन मिटर बालुवा, गिधनियाँबाट ३ सय घन मिटर बलुवा, बनगैबाट १ सय ३८ घन मिटर बालुवा, सोही ठाउँबाटै १ सय ८ घन मिटर गरी एक हजार ७०१ घन मिटर बालुवा जफत गरिएको हो ।
लमही नगरपालिका – ६ मध्यनगर अर्जुनखोला घाटबाट २ वटा ट्याक्टर, ८ को गिधनियाँ घाटबाट २ वटा ट्याक्टर, वडा नम्बर २ को घाटबाट १ वटा गरि पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । त्यस्तै अबैध रुपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एक वटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा मेयर चौधरीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी