© २०२३
दाङ, २४ असोज ।
ले बजारमा प्लास्टिकजन्य फूल र मालाको व्यापारमा रोक लगाएको छ । दशै तिहार पर्वमा सयपत्री र मखमली फुल उत्तम मानिएपनि पछिल्लो समय बजारमा कृत्रिम फुलमाला भित्रिदैँ जादाँ प्लाष्टिकका फुलमाला चलनचल्तीमा आएकोले उपमहानगरले रोक लगाएको हो ।
प्लाष्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ । चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय कृत्रिम प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेकाले उपमहानगरले त्यसको रोक लगाएको सूचना समेत जारि गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिए ।
तिहार पर्वमा सयपत्री फुल र मखमली फुल उत्तम मानिएपनि पछिल्लो समय बजारमा कृत्रिम फुलमाला भित्रिदै जाँदा प्लाष्टिकका फुलमाला चलनचल्तीमा आएको पाइन्छ । प्लाष्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ । बजारमा स्थानीयले उत्पादन गरेको मखमली, हजारीलाई महत्व नदिएर विदेशबाट आयातित मालाहरुलाई महत्व दिने चलन धेरै छ । नगर प्रमुख टिकाराम खड्काले स्थानीय स्तरमा उत्पादन गरेका फुलहरुलाई प्रथामीकता दिनु पर्ने बताए । उनले विदेशी आयाति बस्तुले सिमित व्यक्तिलाई मात्र फाईदा पुग्ने भन्दै कृतिम फूलले गर्दा स्वदेशमै केहि गनुपर्छ भन्ने युवाहरुले गरेको स्थानीय खेतीलाई बढवा दिन नसक्ने बताए ।
स्वदेशी पुष्पव्यवसायीहरुलाई प्रोत्सहन गर्नका आयातितलाई रोक लगाइएको हो । वातावरण विभागले प्लास्टिक जन्य बस्तुहरु आयातमा कडाई गरेपनि बजारमा प्लास्टिकजन्य बस्तुहरु विक्रीवितरण भईरहेको छ । सरकारले केहि समय अघिमात्र प्लाष्टिकबाट बनेका फूलगुच्छामा रोक लगाएको थियो ।