© २०२३
बुटवल, २२ असोज। विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा रुपन्देहीमा सचेतनामुलक साइकल रयाली गरिने भएको छ । ‘मानसिक स्वास्थ्य सबैको नैसर्गिक अधिकार, कलंक र भेदभावको अन्त्यको लागि साईकल यात्रा’ नारासहित अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसमा मंगलबार बुटवलमा कार्यक्रम गरिने भएको हो ।
नेपाल मनोचिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजना, क्युस्ट फार्माच्युटिकल्सको सहयोग तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको सहआयोजनामा सचेतनामुलक साईकल यात्रा कार्यक्रम गर्न लागिएको रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक बिमल ढकालले बताए । बुटवल योगीकुटीबाट शुरु हुने यात्रा मणिग्राम, भैरहवा हुदै पुनः बुटवल फर्केर यात्रा समापन गरिने उनले बताए ।
यसैबिच सोमबार वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुगाना, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक बिमल ढकाल, बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारी, कोषाध्यक्ष डम्मर तिवारी, सदस्य रबिलाल सुवेदी, अभिषेक भारीले टिसर्ट लन्च गरेका छन ।
कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुगानाले विश्वभर नै प्रत्येक ४ मा एक जनालाई कुनै न कुनैमा मानसिक समस्या देखिने गरेको भन्दै कडा खालको माासिक समस्या केवल १ प्रतिशत ब्यक्तिमा हुने बताए । यसैगरि मन आत्तिने, चिन्ता, डर जस्ता एन्जाइटीका लक्षण भएका २८ प्रतिशत र डिप्रेसनका २८ प्रतिशत बिरामी रहेको उनले बताए । मानसिक स्वास्थ्यको बारेमा जनचेतना अभाव र भेदभावका कारण दीर्घरोगीहरुमा मानसिक रोगी देखिने गरेको उनले बताए । कोभिडपछि विश्वब्यापी रुपमा आर्थिक मन्दिका कारण एन्जाइटी र डिप्रेसनका बिरामी २५/३० प्रतिशत रुपमा बढेको तथ्याकमा देखिएको बताए । नियमित औषधी खानुपर्छ भन्ने मानसिकता गलत हो । शारीरिक लक्षणका कारणले समस्या भए त्यो मानसिक समस्या हुन सक्छ भन्ने कुरा विशेषज्ञले बुझनुपर्ने उनी बताउछन । कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारीले यात्रामा ६० जना राईडरहरु सहभागी हुने बताए ।