© २०२३
बुटवल, २१ असोज । समाचार संकलन तथा सूचना प्रवाहमा यसको प्रभावको कारण कार्य सम्पादन उच्च हुने भन्दै सरोकारवालाहरूले सूचना को कारण सेवा प्रवाहमा प्रभावकारीता ल्याउने बताएका छन् । चाँदनी नेपालको आयोजानमा बुटवलमा भएको सञ्चारकर्मीहरू संको ‘ईन डेफ्थ रिपोटिङ्ग’ अन्तरक्रिया तथा छलफलमा बोल्ने सहभागीहरूले पछिल्लो समयमा सरहकारी सयन्त्र तथा स्थानीय निकायबाट प्रभावकारी सूचना प्रभावह नभएको भन्दै यसको लागि निरन्तर खबरदारी आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै सामाजिक परिर्वतन केन्द्रका बरिष्ठ अनुसन्धान कर्ता डा. प्रकाश भट्टराईले पछिल्लो समयमा मिडियाले उठाएको विषयबस्तुको प्रभावकारी माथि नै प्रश्न चिन्ह उठ्ने गरेको भन्दै यसको लागि प्रभावकारी कार्यान्यवनको लागि खोजी पत्रकारिता, तथ्या सहितको पत्रकारिता र निस्कर्ष सहितको पत्रकारिता आवश्यक रहेको बताए ।
उनले रिसर्च बेस पत्रकारिताको कारण नै अवको पत्रकारिता टिक्न सक्ने भन्दै यसमा जोड दिनको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रमा चाँदनी नेपालका प्रमुख कार्यकारी अधिकृत भवानी प्रसाद पाण्डेले समाचारको स्रोत सूचनाको प्रभावकारी कार्यान्वयनको लागि सबै पत्रकारहरूले रिसर्चमा आधारित पत्रकारितामा जोड दिनुपर्नेमा बताएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सददस्य समेत रहेका पाण्डेले जवाफदेहिता सहितको मिडियाको रिर्पोटीङ्ग अवको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्रगतीशिल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, पत्रकार कृष्ण खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।