ट्रेंडिंग:

>> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने

के नेपालमा बस्ने वातावरण नभएकै हो ?

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

शनिबारको दिन बिहान छोरोलाई कलम किन्नको लागि घर नजिकैको पुस्तक पसलमा गएको थिएँ । पुस्तक पसलको छेउमा चियापसल छ । चिया पसलमा कोही मर्निंङ वाक गरेर, कोही ब्याडमिन्टन खेलेर आएका अधबैशे ब्यक्तिहरू अब देश खत्तम भयो, बस्ने लायक भएन, नेताहरू आफू बने देश डुबाए भन्दै चियाको स्वादमा गफिँदै थिए । कुराकानीकै क्रममा एकजना व्यक्तिले अलिक फरक ढंगले कसैलाई गाली नगरी आफ्नो कुरा राखे । उनी भन्दै थिए– अवको करिब १० वर्षमा हाम्रो यो सानो देश नेपाल हामी नेपालीको लागि बिशाल हुँदैछ । उनको कुरो टुंगिन नपाउंदै बीचमै अर्को एकजनाले फ्याट्ट सोधे कसरी ? मलाई पनि यही प्रश्न सोध्न मन लागेको थियो । यद्यपि म पुस्तक पसलबाट उनीहरूका गफ सुन्दै थिएँ । उनले प्रष्टाए– कुरो सामान्य छ । हामी नेपालीहरूको विदेश पलायन हुने लर्को दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ । अहिले कक्षा १२ पास गरेका देशका कर्णधार मानिने अधिकांश विद्यार्थीहरू पिटिइ,आयल्स आदि अध्ययन गरिरहेका छन् । उनीहरूको दिमागमै अस्ट्रेलिया, अमेरिका लगायतका देशहरू बाहेक अरू केही छैन । उनीहरू एकपटक ती देशहरूमा गएपछि स्वदेश फर्किने कुनै गुन्जायस हुँदैन । यसलाई प्रस्ट्याउने बग्रेल्ती प्रमाणहरू पानी परेपछिको आकास खुलेजस्तै छर्लंङ्ग छन् । अध्ययनको निहुँमा बिदेशिने यी हाम्रा कर्णधारहरूको कारण यहाँ स्नातक तह अध्ययन गर्ने विद्यार्थी खोज्न दिउँसै लालटिन बाल्नुपर्ने अवस्था आउनेछ । उनीहरूले विस्तारै आफ्ना आमा बाबुलाई उतै तान्नेछन् । किनकि उनीहरूका आमाबाबु अधिकांश ४५–५० वर्ष उमेर समूहका छन् र ती विदेशमापनि सजिलै आफुलाई एडजस्ट गर्न सक्छन् । त्यसैगरी रोजगारीको सिलसिलामा विदेशिने युवाहरू र अमेरिकाको स्थायी वासिन्दा हुन लालायित डिभी भर्ने लर्को अहिले जस्तै कायम भैरह्यो भने हाम्रो भूगोल अवश्य हाम्रो लागि विशाल हुनेछ ।

वास्तवमा नेपालका राजनीतिज्ञहरूले राजनीतिलाई सेवा भनेपनि व्यवहारमा व्यवसाय बनाए । कमाउने भाँडो बनाए । नक्कली भुटानी शरणार्थी प्रकरण यसको ज्वलन्त उदाहरण हो । नेपालका नेताहरूको नियत सुध्रिने सम्भावना छैन भन्दा अत्युक्ति नहोला । रोजगारी तथा अध्ययनको सिलसिलामा यो देशका युवा एवं ती कलिला विद्यार्थीहरूको लस्कर अन्तर्राष्ट्रिय बिमानस्थलमा देख्दा एकाएक मन भक्कानिन्छ । वास्तवमा आफ्नो देशमा बस्ने मन कसलाई हुँदैन होला र ? आफ्नो परिवारसंग छुट्टिएर कहाँ हो कहाँ समुन्द्र पारी जान कसलाई पो रहर लाग्दो हो ? बाहिर जे जसो भनेपनि आफ्नो जन्मभूमिको माया नहुने कोही हुँदैन । यसमा सबैको एकमत पाइन्छ । तर के गर्ने देशमा रोजगारी नापाएपछि, उद्यमशीलताको वातावरण नभएपछि उच्च शिक्षा हासिल गरे पश्चात पनि के गर्ने भन्ने अन्योलको स्थिति आउने भएपछि बाध्य भएर बिदेशिनु पयो । कस्तो बिडम्बना ?

हो कतिपय उद्योगी, व्यवसायी र अलिक आशालाग्दो नेताले आफ्नै देशमा भविष्य खोज्नुपर्छ । गरे के हुँदैन ? जे गरे पनि सफल भइन्छ । आँट गर्नुपर्छ भनि सकारात्मक कुरा नगर्ने पनि होइन तर उहाँहरूको आफ्नै छोराछोरी नेपालमा बस्ने वातावरण भएन भनि बिदेसिन्छन् । नेपालमा धेरैजसो आर्थिक रूपले सवल मान्छे, पूर्व मन्त्री, वर्तमान मन्त्री, उच्चपदस्थ अधिकारी, सफल उद्यमी आदिका छोराछोरी अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता विकसित देशमा जाने मात्र होइन त्यहाँ स्थायी बसोबास नै गरेको पाइन्छ । यस्ता मानिसहरूले त नेपालमा भविष्य नदेखेर छोराछोरीलाई यहाँ राख्न सकेनन भने अरूको के कुरा गर्ने ? कसरी सम्झाउने नेपालमा बस भनेर ? दलका नेतालाई प्रस्ट थाहा छ– नेपाल हामीले डुबाइसक्यौ भनेर । त्यसैले त उनीहरूले उच्चशिक्षाको निहुँमा विदेश पठाएका छोराछोरीलाई नेपाल नफर्कन सुझाव दिन्छन् ।
अर्को कुरा नेपालमा केही गर्छु, आफ्नै व्यवसाय गर्छु भनेर आँट गरेर अगाडी बढेका मानिसहरू आँट गरेर काम सुरु गर्छन् । सुरुमा अफ्ठेरो परिस्थितिको सामना गरेपनि बीचमा अत्तालिन्छन् । यो देखिएको कुरा हो । यस्तो किन हुन्छ भन्ने कुरा नेपालमा केही गर्छु भनेर आफ्नो व्यवसाय संचालन गरी बीचमै छाडेका यूवाले यसरी प्रस्टाए । उनी भन्छन– नेपालमा उद्योग चलाउन, ब्यवसाय गर्न कठिन छ । उद्यमशीलतालाई अङ्गीकार गरी सानोदेखि ठूला उद्यमीहरूले सरकारी निकायबाट दुःख पाउँछन । नियम अनुसार हुने सजिलै हुने कार्यहरूलाई यो वा त्यो बहानामा, कहिले के मिलेन, कहिले के मिलेन भन्दै निकै दिन अल्झ्याइन्छ । फेरी अचम्म छ अतिरिक्त लाभ पाउने वातावारण भयो भने ढिलो हुने काम पनि तुरुन्त हुन्छ । कस्तो अचम्म ? यहाँसम्म उद्यमी आत्तिदैनन् । विस्तारै व्यवसाय सुरु हुन्छ त्यसपछि उनीहरूले छिनछिनमा परिवर्तन हुने नियमहरूको सामना गर्नुपर्दछ । उनीहरूको लगानीको सुरक्षा सरकारले गर्दैन । सबै जोखिम आफै मोल्नुपर्छ । बजार आफै खोज्नुपर्छ । अझ कतिपय अवस्थामा उद्योग तथा व्यवसायको लागि चाहिने आधारभूत पूर्वाधारमा पनि सरकारले व्यवसायीकै मुख ताकेको हुन्छ । यस्तो अवस्थामा व्यवसायलाई निरन्तरता दिनु असम्भव हुन्छ ।

यस्ता तितो यथार्थका क्रियाकलापहरू व्यवसायीका छोराछोरीले प्रत्यक्ष देख्छन्, नेताका छोराछोरीले पनि देख्छन् वा सुन्छन् । अनि उनीहरूको मन मस्तिस्कमा नेपालमा केहीपनि गर्न सकिदैन, गर्न चाहेको मान्छेलाई पनि यहाँ अनुकूल वातावरण हुँदैन, त्यसैले बरु सुरुमा दुःख पाएपनि बिदेश गएरै पाउने किनकि त्यहाँ कमसेकम सिस्टम त छ । देशको कानुन अनुसार त काम हुन्छ । नियमभन्दा माथि त कोही हुँदैन भन्ने निक्र्योल निकाली हाम्रा ती कलिला १७–१८ वर्षका कर्णधारहरू अध्ययनको निहुँमा बिदेशिन्छन । अन्ततोगत्वा उनीहरू बिदेशी नागरिक वनि विकसित देशका कर्णधारमा परिणत हुन्छन् । यथार्थ यही हो । अर्कोतिर नेपालमा केही गर्छु भनेर आँट गरेर आफ्नो काम सुरु गर्ने युवाको हालतपनि यस्तै देखिएको छ । यहाँ यतिसम्म कि निजामती कर्मचारी, उच्च पदस्थ अधिकारी, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक आदि सबै मौका पाउनासाथ बिदेशिनको लागि खुट्टो उचालेर तम्तयार अवस्थामा रहेको देखिन्छ । अमेरिकाको डिभी भर्ने लस्करको अग्रपंक्तिमा यिनीहरूलाई नै देख्न पाइन्छ ।

यो अवस्थालाई गम्भीर रूपमा बुझ्ने कोही देखिएन अहिलेसम्म । नीति निर्माण बनाउनेदेखि कार्यान्वयन गर्नेको सोंचाई व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको छ । आफुले कमाए भयो । आफु रमाए भयो । आफु रमाए देशै रमाएको देख्ने झुण्डले देश बिगारे । देशको यस्तो हालत हुँदापनि नीतिगत रूपमा केहि नगर्ने तर बिभिन्न कार्यक्रममा देशमै केही गर्नुपर्छ । सरकारले लगानीको सुरक्षा गर्नुपर्छ । यहीं अध्ययन गर्नुपर्छ । देशको विकास गर्न आफ्नो सिपको यहीं उपयोग गर्नुपर्छ भन्ने जस्ता कुराहरूले भरिपूर्ण भाषण चर्को स्वरमा सरकारमै भएका मान्छेहरूबाट आउँदा अचम्म लाग्छ । यिनीहरूले त सरकारले वातावरण बनाएको छ, आउनुस, फर्किनुहोस, बस्नुस, देशमा केही गर्नुहोस, हजुरको लगानीको सुरक्षा सरकारले गर्छ भन्नुपर्ने होइन र ? सरकारले गरे के हुँदैन । ३० वर्ष अगाडि मलेसियाको हालत नेपालको भन्दा खराब थियो अहिले हजारौं नेपालीले त्यहाँ रोजगारी पाएका छन । सरकारको देश बनाउने इच्छाशक्ति हुनुपर्छ । सरकार समृद्धिको लागि प्रतिबद्ध तथा कटिबद्ध हुनुपर्छ । वास्तवमा हामी नेपालीले कमाएको पैसाको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमा खर्च हुन्छ । छोराछोरीलाई राम्रो शिक्षा दिन तथा परिवारका सदस्य बिरामी पर्दा उपचार गर्दैमा सोझो हिसाबले कमाएको पैसा सकिन्छ । कुनै अवस्थामा अझ पुग्दैन । ऋण खोज्नुपर्छ । सामान्य हिसाबले सबैले बुझ्ने भाषामा भन्नुपर्दा नेपालमा व्यवहारिक रूपमा शिक्षा र स्वास्थ्य निशुल्क भयो भने नेपालीलाई नेपालमा रोक्न सक्ने दरो हतियार हुने थियो तर सरकारको रवैया हेर्दा यो आकासको फल आँखा तरी मर भनेजस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?