ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

घमण्डले गर्दैन भलो, निम्त्याउँछ हानी

२१ आश्विन २०८०, आईतवार
२१ आश्विन २०८०, आईतवार

घमण्ड तीन अक्षरले बनेको शव्द हो । यसलाई मसिनो गरी केलाउने हो भने आफ्नो क्षमतालाई अति उच्चको ठान्ने र अरूको क्षमताको वेवास्ता गर्ने, अभिमान भएको, अहंकारी तथा आवश्यक्ता भन्दा धेरै सेखी भएको भन्ने बुझिन्छ । घमन्डलाई आफ्नो सामथ्र्य भन्दा बढ्ता क्षमतावान ठान्ने भित्रका कुराहरू समेत पर्दछन् । सेखीवाला तथा अभिमानीलाई घमन्डी भन्ने गरिन्छ । सामथ्र्य वा क्षमता भन्दा बढ्ता शक्ति भएको ठान्ने भनेपछि यो क्षमतालाई कसरी बुझ्न सकिएला ? आफै जान्न सकिन्छ । अभिमान अहो ! यो शव्द सुन्दा आफै आश्चर्य लागेर आउँछ । घमन्ड वा अभिमानले जसलाई घेरेको हुन्छ, त्यसले सहज र सरल आचरण देखाउने सक्दै सक्दैन । आफूले आफूलाई अति बलवान, क्षमतावान, बुद्धिमान ठान्ने कुरा कस्तो होला ? हरेक सरल मानिसले क्षमताको प्रदर्शन गरेर अरूलाई राम्रो प्रभाव छोडन सक्नुपर्दछ । क्षमता नभएको र क्षमता प्रदर्शन गरेर प्रभाव छोड्न नसक्नेहरू कोही पनि बुद्धिमान हुन सक्दैन । यस्तो कल्पना नगरे पनि हुन्छ । आफैले आफ्नो प्रशंसा गर्नेहरूको संख्यामा कमी छैन । जसले आफ्नो प्रशंसा आफै गर्दछ उसले कुनै न कुनै कुनाबाट घमन्ड देखाउने गर्दछ । त्यही हो अभिमान भनेको । त्यही हो अहंकार भनेको । सामान्य मानिसका कुरा अलिक टाढाका भए । आफैलाई साह्रै विद्वान भन्नेहरूले र घमन्ड राम्रो होइन भन्नेहरूले पनि कहिले आफ्नो अभिमान दर्शाउने गर्दछन् । यो भने आफैमा आश्चर्य लाग्ने विषय अवश्य हो ।

घमन्ड प्रदर्शनका केही उदाहरण हेरौं न त । महाभारतका एक पात्र भिम जसलाई आफू संसारको सर्वश्रेष्ठ गजाधर भएको ठान्दथे । हरेक कुरामा उनले घुर्की लगाउने गर्दथे । जहाँ जोसंग पनि भिडन तयार हुने । एक दिनको कुरा हो उनीहरू वनवास गएको समयमा कतैबाट हावाले निलकमल उडाएर उनीहरू बसेको ठाउँमा खसालिदियो । द्रौपदीले निलकमल पुष्पको माला बनाएर युधिष्ठिरलाई लगाईदिने इच्छा जाहेर गरिन । उक्त कामका लागि भिमसेनलाई आग्रह गरिन । भिमसेनले आफूले जस्तोसुकै कठोर यात्रा गरेर भएपनि निलकमल ल्याएर आउने वाचा गरेर हिंडे । घमन्डको पहिलो नमूना यस्तो भिमसेन आफैमा घमन्ड थियो । भिमसेनका श्रीकृष्णलाई मन परेको थिएन । उनले भिमसेनको घमण्ड तोड्नका लागि हनुमानलाई आग्रह गरे । हनुमानले श्रीकृष्णको आज्ञा पालना गर्ने वचन दिए । भिमसेन निलकमलका लागि पहाड चढ्दै थिए । हनुमान वृद्धभेषमा बाटोमा लमतन्न सुते । भिमसेन जुनबाटो जाँदैथिए त्यही बाटो अवरोध गरेर हनुमान बसेका थिए । यो दृश्य देखेर भिम अत्यन्त क्रोधित भए । हनुमानलाई मार्ग खाली गर्नका लागि अनुरोध गरे । उनले भनेको हनुमानले नसुने जस्तै गरे । अनि भिमले आफ्नो क्रोध देखाउँदै “हे वृद्ध हनुमान बाटो सहज रूपमा छोडिदिन्छौ कि उठाएर सातकोष पर फ्याँकु ?” हनुमानले भने “म वृद्ध अवस्थामा रहेकाले मैले मेरो पुच्छर उठाउन समेत सक्दैन, तिमी मेरो पुच्छर उठाएर जाउ” भने । भिमले पुनः आफ्नो घमन्ड देखाउँदै अपशव्द प्रयोग गरे । हनुमान आफू अति अशक्त भएको कुरा दर्शाए अनि भिमसेनले हनुमानको पुच्छर उठाएर फ्याँक्ने विचारले पुच्छरको टुप्पोमा हात पुयाए । आफूमा भएभरको बल लगाएर पुच्छर उठाउने प्रयास गरे तर एक इन्च पनि उठाउन सकेनन् । त्यो देखेर हनुमानले भने “भिमसेन मलाई नै उठाएर सातकोष फ्याँक्छु भन्दै थियो त तिमीले त पुच्छर पनि उठाउन सकेनौं ?” हनुमानको कुरा सुनेर भिम लजाए । उनले क्षमा माग्दै भने “तिमी को हौ ?” हनुमानले भने “म बायुपुत्र हनुमान हूँ” । भिम पनि वायुपुत्र थिए । अर्थात उनीहरू दुबैका बाबु एउटै थिए । नाताले दाजु पर्ने हनुमानलाई भिमले झार जस्तो सम्झिए । हनुमानले भिमलाई भने “मैले तिमीलाई राम्ररी चिन्दछु तिम्रो घमण्ड तोडनका लागि मात्र बाटो अवरुद्ध गर्नु परेको हो । तिमीलाई आफू वाहेक बलवान कोहीछैन भन्ने लागेको थियो । यो संसारमा एउटालाई टक्कर दिने अर्को कोही हुन्छ भन्ने कुरा बुझाउनका लागि यो सब गर्नुपरेको हो । भिमले हात जोडेर क्षमा मागे । आफूबाट अक्षम्य भुल भएको कुरा स्वीकार गरे । भिमले आफ्नो आचरणका सुधार ल्याए ।

घमण्डको दोस्रो नमूना हेरौं । महाभारतका अति चर्चित पाण्डुपुत्र अर्जुनलाई पनि आफू संसारको सर्वश्रेष्ठ धनुरधर भन्ने घमण्ड थियो । धृतराष्ट्रले पाण्डवलाई खाण्डव राज्य दिएपछि अर्जुनलाई सिमा सुरक्षाको जिम्मा दिइयो । उनी दक्षिण क्षेत्रमा लागे । जाँदा जाँदा समुद्र नजिक पुगे । त्यहाँ उनको उनै हनुमानसंग जम्काभेट भयो । यता श्रीकृष्णले अर्जुनको घमण्ड तोडने सोंच बनाईरहेका थिए । राम्रो संयोग जुर्नपुग्यो । उता हनुमानसंग अर्जुनको जम्काभेट हुनु यता कृष्णको अभिष्ठ पूरा हुने । अर्जुन र हनुमानका बीचमा केही कुरामा ठाकठुक पर्न गयो । अर्जुनले आफू संसारको सर्वश्रेष्ठ धनुर्धर भएको घुर्की लागाउन विर्सिएनन् । हनुमानले भने “तिमी सर्वश्रेष्ठ धनुधर हौ भने यो सागरमा सेतु बनाएर देखाउ” । अर्जुनले एउटै बाँण ठोकेर सागरमा सेतु बनाए । सेतु बनिसके पछि अर्जुनले भने “यो सेतु भाँच्न नसके के गर्दछौं ?” हनुमानले भने “यो सेतु भाँच्न सकेन भने तिम्रो दास बनेर बस्छु । भाँच्चिय ? अर्जुनले भने “यो सेतु तिमीले भाँच्न सक्यो भने म अग्नि समाधि लिन्छु । अर्जुनले एउटै स्वरबाट सेतु तयार गरे । हनुमान उठेर उक्त बाचा अनुसार अर्जुनले अग्नी समाधि लिनुपर्ने भयो । उनले एक वाँण धरतीमा हानेर आगो तयार गरे अनि उनी पस्न तयार भए । त्यही समयमा श्रीकृष्ण पुगेर उनलाई अग्निसमाधी लिनबाट रोके । कृष्णले भने “यो सबै तिम्रो घमन्ड तोड्नका लागि गरिएको हो” । अर्जुनले हनुमान र श्रीकृष्णसंग क्षमा मागे । आउँदा दिनहरूमा कहिल्यै घमन्ड नगर्ने बचन दिए ।
घमन्डको तेस्रो नमूनाः महाभारतका एक चर्चित अर्का पात्र बलराम हुन् । उनलाई हलधर भन्ने गरिन्छ । धेरैले दाउ भन्ने गर्दथे । दाऊ अर्थात ज्येष्ठ भ्राता । दाऊलाई शेष नागको प्रतिकको रूपमा मान्ने गरिन्थ्यो । उनमा आफ्नो क्षमताको अति घमन्ड थियो । श्रीकृष्णलाई एकदिन दाऊको घमन्ड तोडने विचार बनाए । अनि हनुमानलाई आफ्नो द्वारकामा आउन निम्तो दिए । हनुमान श्रीकृष्णको आज्ञा अनुसार कृष्णको द्वारकाको फूलबारीमा पुगे । उनले त्यहाँ भएका केही फलहरू खान लागे । पालेहरू दरवारमा पुगेर एउटा बाँदर आफ्नो फूलबारीमा आएर विध्वंस मच्चाएको भनेर खवर गरे । उक्त खवर सु्नेपछि बलराम आफै कुदे । हनुमानसंग फुलबारीमा जम्काभेट भयो । बलरामले हनुमानलाई फुलबारीबाट फिर्ता जान आदेश दिए । हनुमानले उनको अवज्ञा गरे । बलरामको आदेश पालना नभएको देखेर उनी क्रोधित भए । बलराम एकाएक हनुमान माथि जाइलागे । दाउ भैयालाई हनुमानलाई जसरी धरासायी बनाउने सोंच थियो । त्यो एक अंश पनि भएन । बलराम आश्चर्यमा परे । दाउले हनुमानलाई पातालमा धसाउँछु भनेका थिए तर हनुमानको प्रहार समेत थेग्न सकेनन् । दुबैको ठाकठुक भैरहेको समयमा श्रीकृष्ण टुपलुक्क आइपुगे । उनले बलरामलाई केही प्रश्न गरे । त्यही समयमा श्रीकृष्णले हनुमानको परिचय दिए । बलराम लज्जित भए । अर्थात उनको जुन घमण्ड थियो त्यो तोडियो ।
यस्ता घमन्डका पोखरीमा अहिलेपनि भरिभराउ पानी रहेको छ । मात्र कुनैदिन छचल्किने पर्खाईमा बसेका छन् । जोसुकै भए पनि जस्तोसुकै भएपनि घमन्डको घेरा तोडिन आवश्यक छ । यसले घमन्ड गर्नेलाई पनि फाइदा गर्दैन र देख्ने र भोग्नेहरूलाई फाइदा गर्दैन । त्यसकारण यो जति सक्यो छिटो त्याग्न सक्यो त्यति फाइदा हुने छ । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?