© २०२३
तिलोत्तमा, १७ असोज ।
नेकपा एमाले तिलोत्तमा नगर कमिटीले तिलोत्तमाका विभिन्न स्थानमा भैरहेको डुबानको समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ । समयमैं ढल निकास तथा नाली सरसफाईमा वेवास्ता गर्दा नगरपालिकाको व्यापारिक केन्द्र मणिग्राम, नयाँमिल, शंकरनगर, कोटिहवालगायतका स्थानमा डुबानको समस्या देखिएको जनाउँदै एमालेले यसबाट आमनागरिकले कष्ट भोग्नु परेको जनाएको छ ।
पार्टीका नगर सचिव मिनप्रसाद पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै नगरपालिकालाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । डुबानका कारण स्कूले विद्यार्थी, पैदलयात्री, साना सवारीसाधन तथा स्थानीय व्यापारीहरु सडकमा जोखिम मोलेर हिँड्नु परेको विज्ञप्तिमा उल्लेख छ ।