© २०२३
बुटवल (बुटवलटुडे), १३ असोज – विश्व मुटु दिवसको अवसरपारि तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीले बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको आफ्नै कार्यालय प्रांगणमा शुक्रबार स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
महिला दिदीबहिनी आफ्नो स्वास्थ्यमा नियमित ध्यान दिउन् र उनीहरूको स्वास्थ्य सबल रहोस् भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरेको संस्थाका अध्यक्ष कमला कुमारी बस्नेत कुँवरले बताइन । उनले महिला दिदिबहिनी परिवारका सदस्यको ख्याल गर्ने तर आफनो स्वास्थ्य लाइ खासै प्राथमिकतामा नराख्ने हुँदा बेला बखत संस्थाहरूले यस्ता किसिमका सेवा दिन सके उनीहरूको स्वास्थ्यमा ध्यान पुग्न सक्ने भन्दै सबै संस्थाहरू यस किसिमका शिविर चलाउन आवश्यक रहेको बताइन । लायन्स क्लब अफ बुटवल सयपत्रीको सहकार्य एवं एशियन डायग्नोस्टि ल्याब्रोटरि प्रा.लि को प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा सहकारीका ६ सय सदस्यले स्वास्थ्य जाँच गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार तुल्सी क्षेत्री, उपाध्यक्ष माया खड्का सचिव गौरा केसि, कार्यक्रम संयोजक शान्ति अर्याल, सृजना श्रेष्ठ, एशियन डायग्नोस्टिक ल्याब्रोटरिका प्राविधिक मनिष कुमार महतो लगायतले मन्तव्य राखेका थिए ।