ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

एशियाली खेलकुद : निर्णायक खेलमा माल्दिभ्सविरुद्ध हावी हुने रणनीतिमा नेपाल

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बर्दघाट, १३ असोज ।

चीनमा जारी एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको दोश्रो चरण प्रवेशका लागि नेपाल र माल्दिभ्सबिच भोलि (आइतबार) प्रतिष्पर्धा हुँदै छ । तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर मानिएको माल्दिभ्स विरुद्ध टि ट्वान्टी क्रिकेटमा यो खेल नेपालको दोश्रो भेट हो ।

नेपालले रेकर्डका ताँती लगाउँदै मंगोलियालाई २७३ रनको बिशाल रनले हराउन सफल भएको थियो । मंगोलियाबिरुद्धको फर्म कायम राख्दै माल्दिभ्सबिरुद्ध हावी हुने रणनीतिमा हुनेछ नेपाल ।

नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा प्रारम्भ हुने एशियन गेम्सले जनाएको छ । माल्दिभ्स २० ओभर खेल्ने रणनीतिका साथ मैदानमा उत्रिने छ भने नेपालको रणनीति अलि पृथक हुनेछ । नेपाली टीम बिशाल लक्ष्य बनाएर नयाँ रेकर्ड बनाउने रणनीतिमा हुनेछ भने बलिङ आएमा भने सस्तैमा समेट्ने रणनीति रहनेछ ।

नेपाल र माल्दिभ्सविच यसअघि एकमात्र टि ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । टियु ग्राउण्डमा २०१९ डिसेम्बरमा सम्पन्न प्रतियोगितामा नेपाल ५ विकेटले विजयी भएको थियो । सन २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेल्न सुरु गरेको माल्दिभ्सले अहिलेसम्म २७ प्रतियोगितामा सहभागिता जनाएको छ जसमा २१ खेलमा पराजित भएको छ भने ५ वटा प्रतियोगितामा जित निकालेको छ । एउटा खेल नतिजा विहिन भएको थियो ।

नेपालले अहिलेसम्म कुल ५८ वटा अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेलेको छ । जसमा ३४ खेलमा जित निकालेको छ भने २३ खेलमा पराजित भएको छ । एउटा खेल नतिजा विहिन भएको छ । आइसीसी वरियतामा नेपाल १६ औँ स्थानमा रहेको छ । एशियाली खेलकुदमा मँगोलियालाई फराकिलो अन्तरले पराजित गरेसँगै नेपालले एक अँक सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको हो भने माल्दिभ्स वरियताको ७८ औँ स्थानमा रहेको छ ।

नेपाल र माल्दिभ्स दुबै राष्ट्र एसोसिएट राष्ट्रको रुपमा रहेका छन् । एशियाली खेलकुदमै माल्दिभ्सले मँगोलियालाई ९ विकेटले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । अँक तालिका अनुसार नेपाल एक खेलमा जित हात पार्दै २ अँक (नेट रनरेट १३.६५) का साथ समूहको शीर्षस्थानमा रहेको छ भने माल्दिभ्स पनि एक खेलमा जित हात पार्दै समान २ अँक (नेट रनरेट ६.३०) का साथ समूहको दोश्रो स्थानमा रहेको छ । नेपाल र माल्दिभ्स दुबै देशसँग पराजित मँगोलिया समूह चरणबाटै बाहिरीएको छ । भोली (आइतबार) हुने खेलको विजेताले एशियाली खेलकुदको दोश्रो चरण प्रवेश पक्का गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?