ट्रेंडिंग:

>> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ

रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता

९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

पाल्पा, ९ असोज ।

पाल्पाको रामपुर नगरपालिकाले टोल– टोलमा पुुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफै बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेपछि नगर सरकारले भने गाउँमै पुुगेर भत्ता दिन लागेको हो ।

नगर सरकारले पहिलो चरणमा दुरीका हिसाबले बैंकसम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । जनताको सहजताको लागि वडा नं. १, ९ र १० का नागरिकलाई मध्यनजर गर्दै पहिलो चरणमा सेवा दिन लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताए । दुरी टाढा भएका कारण जेष्ठ नागरिकलाई बैंकसम्म पुग्नु पर्ने बाध्यता र लाईन बस्नु पर्ने सास्ती भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि सारेको उनले बताए ।

‘सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंक शाखाहरुसँगको छलफल पश्चात कृषि विकास बैंकसँग सम्झौता गरी आवश्यकताका आधारमा टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने सहमति गरेका छौँ’ नगर प्रमुख थापाले भने– ‘पहिलो चरणमा वडा नं. १, ९ र १० का नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ साथै आवश्यकता अनुसार नगरका सबै वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको नगर प्रमुख थापाले बताए । यस्तै रामपुर नगरपालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने थापाले बताए ।

सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर जानु पर्ने वडाबासीहरुको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा वितरणको कार्यक्रम सञ्चालन गरिएको नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले बताए । जनतालाई घरदैलो मै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने प्रवक्ता खाँणले बताए ।

यो कार्यक्रम अन्तर्गत कृषि विकास बैंक रामपुर शाखाले आइतबार रामपुर नगरपालिका वडा नं. १ को वडा कार्यालयबाट बैंक खाता खोल्न शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता खाँदै आएका नागरिकको खाता खोल्नका लागि कृषि विकास बैंकको टोली वडा कार्यालय पुगेको थियो । खाता सञ्चालनका लागि फारम भर्ने काम वडा कार्यालयबाट गरिने र त्यस पश्चात वडा कार्यालयबाटै बैंकको चेक हस्तान्तरण गरिने बैंक रामपुर शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिए ।

पहिलो दिन वडा नं. १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ जना नागरिकको खाता खोल्ने काम भएको वडा सचिव तारानाथ पोखरेलले बताए । वडामा ४ सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिंदै आएका छन् ।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन सदरमुकाम नै पुग्नुपर्ने भएकाले वृद्ध तथा अशक्तले झन्झट र दुःख सास्ती व्यहोर्नु परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%