© २०२३
लमही, ९ असोज । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सदस्यहरूले पाउने सुबिधा भन्दा वढी इन्धन प्रयोग गर्दै आएका छन । स्थानीय पालिकाका प्रमुख उपप्रमुख तथा सदस्यहरूले पाउने सुविधा विधेयक २०७६ मा उल्लेख भन्दा वढी अत्याधिक मात्रामा मासिक इन्धन प्रयोग गरेको पाइएको छ ।
लमही नगरपालिकाका मेयर र उपमेयरले सो विधेयक उल्लेख भए भन्दा मासिक रूपमा ५० लिटर बढी इन्धन प्रयोग गरेको देखिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको इन्धन सेवा वमोजिम स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखले मासिक रूपमा १ सय २० लिटर डिजेल सेवा पाउने प्रावधान रहेको छ । लमही नगरपालिकाका मेयर जोगराज चौधरी र उपमेयर लक्ष्मी योगीले ऐनमा भए भन्दा झण्डै ५० लिटर डिजल मासिक रूपमा प्रयोग गर्दै आएको लमही नगरपालिका सूचना तथा संचार शाखाले दिएको प्रमुख तथा उपप्रमुखको वार्षिक इन्धन विवरणले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा मेयर चौधरीले वार्षिक रूपमा २ हजार ३ सय ६ लिटर र उपमेयर योगीले २ हजार १ सय ५९ लिटर डिजेल (इन्दन ) प्रयोग गरेको नगरपालिका सूचना तथा संचार शाखाका सूचना अधिकृत नरेन्द कुमार गुप्ताले बताए । यद्यपी मेयर चौधरी र उपमेयर योगीले ऐनमा उल्लेखित इन्धन सेवा वापत जम्मा १ हजार ४ सय ४० लिटर डिजल सुविधा पाउँछन । चौधरीले ८ सय ६३ र योगीले ७ सय १० लिटर लिटर डिजेल वढी प्रयोग गरेको देखिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी