ट्रेंडिंग:

>> पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने >> जब भारतीय मन्त्रीले बस पल्टेको देखे….. >> आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने >> भुटानी नरेश स्वदेश फिर्ता >> ब्राजिलियन मोडलले फेरि कुमारी बन्न १६ लाख खर्च गर्ने >> मेक्सिकोमा बिषाक्त झोलाका कारण १३ बालबालिकाको मृत्यु >> सर्वोच्च अदालतले ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य >> नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन >> पत्रकार महासंघमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता >> लुम्बिनी लायन्सले १७१ रनको लक्ष्य तय गर्दै पोखरा एभेन्जर्ससँग भिड्दै >> छत्रेश्वरीबारे थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग >> नर्वेले अफगानिस्तानसँग सम्बन्ध घटायो, राजदूतलाई मान्यता नदिने निर्णय >> पाल्पामा दोस्रो सुन्तला महोत्सव, दुई पालिकाले स्थानीय बिदा घोषणा >> सुनको मूल्यमा सामान्य गिरावट >> पुष्पा २ ले गर्यो भारतीय बक्स अफिसमा ऐतिहासिक ओपनिङ  >> पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु >> कर्णाली याक्सले ६ विकेटले चितवनलाई पराजित >> भुटानका राजाले गरे स्वयम्भूमा पूजापाठ (तस्वीरहरू) >> धनुषामा महिलाको विभत्स हत्या, टाउको नहरमा भेटियो >> नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी पदका लागि भर्ना खुला >> सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गर्यो >> भुटानी राजा जिग्मे वाङचुकको नेपाल भ्रमण >> एउटा यस्तो देश, जहाँ पाइन्छ भाडामा ‘ब्वाय फ्रेन्ड’ >> चीनका बिधालय र विश्रविधालयमा अब ‘लभ र रोमान्स पढाइने, कारण जान्नुहोस् >> अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु >> बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई >> समय घर्केपछिको औचित्यहीन चिन्ता >> पशु किसानको दैलोमा डोर टु डोर कार्यक्रम >> वाईडबडी भ्रष्टाचारमा विशेष अदालतले अख्तियारलाई भन्योः प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू >> जीतगढीमा मगर साहित्य महोत्सव >> नदि नतर्ने पुल >> विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौ फर्किने इजरायली राजदूतको भनाइ >> आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव >> वाइडबडी भ्रष्टाचारमा पूर्वसचिव अधिकारी र सुगतरत्न कंसाकारसहित चारजना नेपाली दोषी ठहर >> शान्ति नमुनामा बृहद् पुनर्मिलन कार्यक्रमको तयारी तीव्र >> अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम आयोजना >> प्राधिकरण बिल देओस्, उद्योगी महसुल तिरुन् >> तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम >> भोलिदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव >> बढे सम्बन्ध विच्छेदका मुद्दा >> साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन >> सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, भोलीका पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै >> कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत >> नेप्सेमा आज दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड बढीको कारोबार >> चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री >> आश्रम बनाउन भोलीदेखि सुर्खेतमा महायज्ञ >> त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन बोलायो >> रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण >> पत्रकारमाथि धम्की र कुटपिट, पत्रकार महासंघको भर्त्सना >> भैरहवामा एक महिनामा ५ हजार यात्रु, जजिरा एयरवेजको प्रमुख सेवा

भ्रुणबाटै सुरु हुन्छ महिलामाथि हिंसाका घटना

८ आश्विन २०८०, सोमबार
८ आश्विन २०८०, सोमबार

नेपालमा पछिल्लो १० वर्षमा महिलाविरुद्ध हुने विभिन्न किसिमका हिंसाको दर डरलाग्दो तरिकाले बढिरहेको देखिन्छ । वर्ष २०६८।२०६९ मा महिला तथा वालावालिका विरुद्धका हिंस ासम्बन्धी २२५० घटना दर्ता भएकामा वर्ष २०७८।२०७९ मा १७ हजार घटना दर्ता भएको तथ्याङ्क नेपाल प्रहरीसँग छ । अन्नपूर्ण एक्सप्रेसमा मार्च १५ सन् २०२३ मा प्रकाशित आलेख अनुसार यी घटनामध्ये सबैभन्दा बढी मधेश प्रदेशमा ५०५६ र दोस्रो लुम्बिनी प्रदेशमा ३६०५ वटा महिला हिंसाका घटना भएका छन् । अर्कोतर्फ विवाहितमध्ये ८४ प्रतिशत महिलाहरू लोग्नेबाट पिडित भएको देखिन्छ । त्यस्तै धेरै छोराछारी पाउन बाध्य महिलाहरू सन्तान नभएका महिलाहरूभन्दा बढी (क्रमशः ३५ र ९ प्रतिशत) हिंसामा परेका छन् । रोजगारीमा भएका महिलाहरू (१८ प्रतिशत) ले पनि हिंसा खेप्न बाध्य छन् ।

त्यसैगरी छोडपत्र भएका महिलाहरूमध्ये ४६ प्रतिशत महिलाहरू हिंसामा परेका छन् । नेपाली टाइम्समा सेप्टेम्बर २०१२ मा प्रकाशित अर्को फिचर लेखका अनुसार नेपालमा वार्षिक करिव ५० हजार गर्भपतन छोरी भ्रुण भएकै कारण गरिने गरेको छ । अर्थात् नेपालमा यति ठूलो संख्यामा नजन्मिएका छोरीहरूको जीवनगर्भमै समाप्त गरिन्छ । यद्यपि नेपालमा १२ महिनासम्मको गर्भपतन र आमाको स्वास्थ्य वा हाडनाता करणीको घटनामा भने १८ महिनासम्मको गर्भपतनलाई कानुनले बैधानिकता दिएको छ । तथापि ५४ प्रतिशत असुरक्षित गर्भपतन हुने गरेको र यसबाट केही महिलाहरूको मृत्युसमेत हुने गरेको यथार्थ छ । विशेषगरी पछिल्लो सन्तान छोरी भएकाहरूले पुनःगर्भधारण गर्दा छोरी नै हुन्छ भन्ने डरले पहिल्यै गर्भपतन रोज्ने र एउटा छोरा पाईसकेकाहरूले पनि गर्भपतन रोज्ने गरेको अध्ययनहरूले देखाएका छन् । एउटा बाबुले छोरी जन्मनासाथ छोरी बोकेर जङ्गलतिर भागेको र गाउँले तथा स्थानीय जनप्रतिनिधि गई फर्काएर ल्याएको घटना पनि छ । यसरी गर्भमै हुने विभेदबाट जोगिएर जन्मिएका छोरीहरूमाथि सानो छँदा वा बिहेपछि वा बृद्धाश्रम पुग्दासम्म विभेद र हिंसा हुने गरेको छ ।

महिलाहरू विभिन्न प्रकारका हिंसाबाट पीडित भएका हुन्छन् । खासगरी शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा र अपहेलनामा परेका हुन्छन् । विशेषगरी लोग्नेले पिट्ने, लछारपछार पार्ने, धकेल्ने, घोंच्ने, चिमाट्ने, आगोले पोल्ने, दाउरा वाहतियारको प्रयोग गरी घाउचोट पु¥याउने गरेको हुन्छ । केही महिलाहरू लोग्नेबाटै र परिवारसमेतको संलग्नतामा मारिएका पनि छन् । त्यस्तैगरी महिलाहरूमाथि शारीरिक यातनाका कारण मानसिक अवस्थामा समस्या हुने गरेको छ । त्यसबाहेक यौन शोषण गर्ने र त्यसैका आधारमा सामाजिक बेइज्जती गर्ने धम्की सहित थप मानसिक यातना दिने पनि घटना छन् । महिलामाथि हिंसा गर्ने धेरै पुरुषहरूले पारिवारिक वा सम्पति ब्यवस्थापनमा महिलाहरूको विचार नसुन्ने, थाहै नदिएर सम्पति बेच्ने वा हिनामिना गर्ने गरेका गुनासा छन् । सन्तानको संख्या र समयमा महिलाको इच्छा वा विचारलाई कदर गर्नुको सट्टा जबरजस्ती सम्बन्ध राख्ने र भ्रुण हत्याकालागि प्रोत्साहन गर्ने अनि अस्वीकार गरेमा हत्या गर्ने सम्मका घृणित कार्य भैरहेका छन् । घरसारमा विभिन्न प्रलोभन देखाई मेलमिलाप वा कागज गराई अलग राख्ने तर ती शर्त पालना नगरी महिला र सन्तानको समेत विचल्ली पारेका घटना छन् । महिला हिंसाका धेरै कारणहरू छन् । विशेषगरी पुरुष अर्को महिलासँग वा स्त्री अर्को पुरुषसँग सम्बन्धमा लागेको चिसो पसेपछि हिंसा सुरू हुन्छ । यसको बुद्धिमतापूर्वक ब्यवस्थापन हुन सकेन भने घरेलु हिंसा, कुलतमा फस्ने, बहुविवाह गर्ने, छोडपत्र गर्ने लगायतका हिंसात्मक दुष्चक्रमा जोडी फस्दछ । जब कसैको पारिवारिक मिलन गडबडी भएको चाल पाउँछ, छिमेकीले नुनचुक छर्कने काम गर्छ । पुरुषलाई उचाल्ने र महिलालाई संरक्षण दिएको जस्तोगरी यौनशोषण र अन्य फाइदा उठाउन थाल्दछ । हामीकहाँ हिंसा न्युनीकरणभन्दा बृद्धि गर्ने समाज छ । महिलाहरूको सम्पतिमाथि नियन्त्रण नभएका कारण पनि महिलाहरू हिंसामा परेका हुन्छन् । हालै दाङमा भएको छलफलमा एकजना महिलाले लोग्नेबाट भोगेको हिंसाविरुद्ध अदालतमा मुद्दा दायर गर्ने प्रयास गर्दा जग्गाको लालपुर्जा आवश्यक प¥यो र लालपुर्जा नभएकै कारण मुद्दा दर्तासमेत भएन भन्ने गुनासो सुनाइन् । अधिकांश जड्याहा लोग्नेहरूले स्वास्नी कुट्ने गरेको र श्रीमतिले सम्झाई बुझाई वा प्रतिकार गर्दा मेरो सम्पति हो खाएँ, तेरो बाबुको खाएको छु र भनेर लोग्नेले थर्काउने गरेको पीडितहरूले बताउँछन् । अर्कोतर्फ हाम्रो परम्परादेखि नै महिलाहरूलाई सहायकका रूपमा चित्रण गरिएको, कमजोर हुन्छन् भन्ने धारणा बसालिदिएको, कतिपय अवस्थामा महिलाहरू सजिलै विश्वासमा परेको र धोका खाएको र कतिपय घटनामा महिला विरुद्ध महिला नै लागेका जस्ता कारणले पनि महिला हिंसा बढेको छ ।

हिंसा शिक्षित वा धनाढ्य वा गरिव, अशिक्षित, बेरोजगार वा रोजगार सबैमा छ । अझ शिक्षित र धनाढ्य परिवारका महिलालाई इज्जतको डरले हिंसा सहने बानी परेको हुन्छ । घरेलु हिंसाका अधिकांश घटना सार्वजनिक हुदैनन् । गुपचुप रहन्छन् । घरसारमा मिलाइन्छन् । समाजका एक दुईजना मिलेर मिलाइन्छ । यस प्रकारका अनौपचारिक मेलमिलापमा महिलालाई नै दोषी करार गर्ने वा मिलेर बस्नका लागि फकाईफुल्याई गर्ने गरिन्छ । यसले गर्दा पिडक अर्को हिंसाका लागि प्रोत्साहित हुन्छ । यसका साथै कतिपय घटनामा यी अनौपचारिक टालटुले उपायलाई कानुनी आधार वा अदालती प्रमाण मान्न सकिदैन । खासगरी मिलाउने नाममा गरिएका प्रयासहरू कानुनसम्मत हुनु जरुरी छ । उदाहरणका लागि एउटा घटनामा पेटमा सात महिनाको बच्चा छँदा लोग्नेले अर्को महिलासँग विवाह गरेपछि स्थानीय स्तरमा लोग्नेले पहिलो श्रीमति र छोराछोरीको खर्च ब्यहोर्ने गरी छुट्टयाएर मिलाइयो । सातवर्ष भयो । लोग्नेले केही पनि दिएन । अव बहु विवाहको मुद्दा दिने बारेमा सोध्दा बहुविवाह सम्बन्धी मुद्दा त थाहा पाएको तीन महिनाभित्र दिनुपर्ने रहेछ । यदि उहीबेला सम्बन्धित निकायमा गएको भए बहुविवाह वा अन्य कानुनी प्रक्रियामा जाने थियो । यसरी कानुनी ब्यवस्था थाहा नहुने र थाहा हुनेले पनि स्थानीय स्तरमा तदर्थ खालको ब्यवस्थापन गरिदिंदा पीडित मर्कामा परेका उदाहरण बग्रेल्ती छन् ।
सबैभन्दा ठूलो समस्या त चुप लागेर सहने गर्नाले घटना दोहोरिने गरेका छन् । यदि हिंसामा परेको ब्यक्तिले न्याय माग्दै नजिकको प्रहरी वा स्थानीय न्यायिक समिति वा अदालत जाने हो भने अर्को ब्यक्तिले पनि अपराधी सोंच राख्ने थिएन । ती सार्वजनिक निकायमा पुगेपछि सम्झाइबुझाइ गरी सम्बन्ध अझ गाढा भएका उदाहरण पनि छन् । यदि समझदारी भएन भने कानुन बमोजिम ब्यहोर्नुपर्ने हुन्छ । यसरी कानुनी वा औपचारिक उपाय खोज्नकालागि पीडित पक्षले आफूलाई शक्तिशाली ठान्नुपर्छ । अन्याय सहनु पनि अन्याय गर्न दिनु हो । तसर्थ अन्य लाञ्छना वा कुरा काट्लान् वा परिवार वा माईतीको इज्जत जाला भन्ने डरले चुपचाप अन्याय सहेर बस्नु पनि थप हिंसामा पर्नु हो भन्ने पीडितले मान्नुपर्छ । हिंसा विरुद्ध बोलौं र हिंसाको दुष्चक्रलाई तोडौं । यसैगरी सम्बन्धित निकायले पनि विभिन्न बहानाबाजी गरी उल्टै पीडितलाई नै तर्साउने चलन हटाएर पीडितलाई न्यायदिने तर्फ कार्य गर्नुपर्छ । पीडितहरूले न्याय माग्ने र सम्बन्धित निकायले सकिन्छ न्यायदिने सकिदैन वा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भने बाटो बताइदिने गर्नु आवश्यक छ । उदाहरणका लागि स्थानीय प्रहरी वा पालिकाको न्यायिक समिति वा अदालतको बाटो देखाउने, सरकारवादी मुद्दामा जान सहयोग गर्ने, कानुनी सहायता परियोजनाहरू वा बाल अदालत वा अन्य यस्तै केही सहायोगी ब्यवस्था गरिएको होला ती सहयोगी संस्थाको जानकारी दिने गर्नु आवश्यक छ ।

यसबाहेक मदिरा नियन्त्रण, हातहतियार नियन्त्रण, हल्लादंगा नियन्त्रण, लागू पदार्थ सेवन नियन्त्रण, अश्लील कार्य नियन्त्रण र विशेषगरी साइबर क्राइम नियन्त्रणका कार्यक्रम र महिला सशक्तिकरणका कार्यमा स्थानीय सरकार, अन्य सरकारी एवम् गैरसरकारी निकाय लाग्नुपर्ने देखिन्छ । अहिलेपनि महिलामाथि हुने यी विविध हिंसाहरूले मानव सभ्यता, नेपालले गरेका राजनीतिक सामाजिक परिवर्तन र राज्य सञ्चालनको नयाँ मोडेलप्रति कुरीकुरी गरिरहेका छन् । यसतर्फ सबैको निस्वार्थ सक्रियता आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?