© २०२३
बुटवल, ७ असोज । बुटवलको सुख्खानगरमा स्थित राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्धिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट महायज्ञको औपचारिक समुद्घाटन गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानिसलाई धर्म संस्कृतिबाट अनुसासनमा बाध्न सकेमात्र समाजमा विकासको गति लिने बताए । धार्मिक संघसंस्थाहरुबाट यो काममा महत्वपूर्ण योगदान दिदै आएको भन्दै नेपालका पहिलो जगतगुरुलाई भित्राएर बुटवलको गौरब बढाउन मन्दिर ब्यवस्थापन समिति सफल भएको बताए ।
भागवत प्रवचक डा यादवशरण गर्तौलाले भागवात प्रवचन दिदै धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । स्थानीय बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको अध्यक्ष पौडलले बताए ।
शनिबार कलश यात्रा र समुद्घाटन कार्यक्रम भएको मन्दिरका सचिव नवराज चापागाईले बताए ।