© २०२३
गैंडहवा, ६ असोज ।
रुपन्देहीको गैडहवा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको महत्वपूर्ण पर्व ‘बड्की आइतबार’ को अवसरमा गैडहवा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ –“ मिति २०८० साल असोज ०७ गते आइतवारका दिन थारु समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस गैडहवा गाउँपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिइने छ ।”