© २०२३
सल्यान, ३ असोज । कर्णाली प्रदेश निजामती सेवा अन्तर्गत लेखा समूहका कर्मचारीको सरुवामा व्यापक चलखेल भएको पाइएको छ ।
कर्मचारी पदस्थापन, सरुवा तथा काजलाई व्यवस्थित बनाउन कर्णाली प्रदेश लेखा समूहका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरीएको मापदण्डको दफा ५ मा सरुवा, पदस्थापन र कामकाजमा खटाउँदा प्रदेशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कार्यबोझ, कार्य प्रकृति एवं कर्मचारीहरूको अवधि पूरा भएका कर्मचारीलाई चक्रिय प्रणालीमा सरुवा गर्नेगरी अनुसूचीमा समेत व्यवस्था गरिएकोमा उक्त मपादण्ड विपरित कर्मचारीहरूको व्यापक सरुवा गरिएको हो ।
मापदण्ड स्वीकृत तथा कार्यान्वयन गर्ने निकाय आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले मिति २०८०/०५ /३१ गते मन्त्रीस्तरीय निर्णयबाट कर्णाली प्रदेशमा कार्यरत लेखा समूहका ७५ जना कर्मचारीहरूको सरुवा गर्दा उक्त मापदण्ड, नीति, विधि र पद्धती विपरित आस्था, दबाब र प्रभावका आधारमा भएको बुझिएको छ ।
उक्त सरुवामा भएका केही प्रतिनिधिमूलक निर्णयहरूमा व्यापक चलखेल गरी ४/५ वर्ष एउटै कार्यालयमा बसिरहेका कर्मचारीहरूको सरुवा नगरेको, अवधि नपुगेको कर्मचारीको सरुवा गरेको, सुगमबाट सुगमकै अर्को कार्यालयमा सरुवा गरिएको, सरुवा मापदण्डको खण्ड क का कार्यालयबाट क मा नै सरुवा गरेको लगायत व्यापक रूपमा चलखेल गरी मन्त्री नै संलग्न भई कानून विपरित अन्यायपूर्ण सरुवाबाट लेखा समूहका कर्मचारीहरूको मनोबल गिर्नेगरी आतंकित पारेर कर्णाली प्रदेशको समग्र सार्वजनिक प्रशासन ध्वस्त हुन गएकोले कर्मचारीहरूको व्यापक चिन्ता व्यक्त गरेका छन् ।