© २०२३
बुटवल, २९ भदौ । मोटा चामललाई मसिनो बनाएर उपभोक्ता ठग्दै आएको भेटिएको छ । भारतबाट ल्याएर मोटा चामल ल्याएर नेपाली मिलमा मसिनो र चिप्लो बनाएर बेच्ने गरेको भेटिएको हो । त्यसरी ल्याइएको भारतीय मोटा चामलको मसिना चामलको नेपाली ब्रान्ड हालेर बिक्रि हँुदै आएको छ । नेपालमा चामलको मूल्य बढेपछि तस्करहरूले भारतीय मोटा चामलमा आँखा लगाएका हुन् ।
नेपाली मोटा चामल (धान) को पनि व्यापारीहरूले मसिना चामलको रूपमा रूप परिवर्तन गरेर बजारमा पठाउने गरेका छन् । चामल मिलको प्रविधिमा आएको फड्कोले चामलको रूपमा परिवर्तन गरि आकर्षक बनाउन सकिने भएको छ । यसले चामल व्यापारीलाई फाईदा पु¥याएपनि किसानलाई फाइदा हुने गरेको छैन् भने उपभोक्ता भने ठगिइरहेका छन् । एक चामल व्यापारीले त्यसरी रूप परिवर्तन गरेको चामल देख्दा मसिनो जस्तो देखिने गरेपनि स्वाद भने मिठो नहुने बताए । पोलिस लगाउने हुँदा पकाउँदा भात टासिने, गिलो हुने त गर्दैन् ति व्यापारीले भने, तर स्वाद मोटोकै आउँछ । त्यसरी चामलको रूप परिवर्तन गरी बिक्री गर्दा प्रति क्वीन्टल कम्तीमा तीन हजार बढी पैसा पर्ने गर्दछ ।
खुल्ला सीमानाको फाईदा उठाउँदै भारतीय तस्करहरूले नेपालमा यसरी चामल पठाउँदै आएका हुन् । पछिल्लो समयमा सिमा सुरक्षामा खटीने शसत्र प्रहरीले नेपाल प्रहरीको सहयोगमा भारतबाट अबैधरूपमा दैनिक ट्याक्टरमा र मोटरसाईकलम, साईकलमा हजारौ बोरा चामल नेपाल भित्रिएको फेला पारेको छ ।
यसरी भित्रीएका चामललाई नेपाली भुभागमा गोदाम गर्ने र नेपाली उत्पादन भन्दै बिभिन्न शहरमा पठाउने गरेको उनीहरूको भनाइ छ । यसरी सीमामा घर भाडामा लिएर गोदाम बनाएर अबैध सामान राख्दा समेत प्रहरीले देखेको नदेखेझै गदै आएका छन । कहीले काहीँ थोरै थोरै सामान्य फेला पारे जस्तो गरेपनि चामलको तस्करीलाई प्रहरीको सहयोग रहेको मचवारका एक स्थानीयले बताए । रूपन्देही नवलपरासी कपिलबस्तुबाट ठुलो मात्रामा चामलको तस्करी भैरहेको छ । भारतमा मोटा चामलको मुल्य न्युन पर्ने भएकाले उक्त चामल नेपालमा मिल वाला ब्यापारीले खरीद गरेर त्यसलाई मसिनो बनाएर बिभिन्न ब्रान्डका नाममा बजार जाने गरेको एक मिल सञ्चालकले बताए ।
‘मोटा किन्ने मसिनो बनाएर बेच्ने काम भैरहेको छ’ उनले भने । राजश्व अनुसन्धान कार्यालय बुटबलले बिभिन्न ठाउँबाट नियत्रणमा लिएका चामलका गाडीहरूबाट यसको पुष्टी गर्न बल मिल्छ । मुख्य राजमार्गमा खटीने प्रहरी र राजश्व अनुसन्धान कार्यालय, बुटवलले नबलपरासीबाट केही समय अगाडि चामल लोड गरेका ३ बटा पिकअप गाडीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ । बिक्री विल काटेको भएपनी खरीद गरेको बिल देखाउन नसक्दा उनीहरू फन्दामा परेका हुन् । त्यस्तै कपिलबस्तुबाट तुल्सीपुर लागी चामल बोकेर हिँडेको ट्रकलाई केही दिन अगाडि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व कार्यालय बुटवललाई बुझाई दिएको छ । ट्रकमा रहेको चामल समेत भारतीय रहेको र नेपाल भित्राउने तस्करले खरीद बिल देखाउन नसक्दा गाडी र सामान जफतको अवस्थामा पुगेको बुझीएको छ । कृष्णनगरबाट लोड गरीएको भनिएको उक्त ट्रकलाई शंका लागि चेकजाँच गर्दा बिक्री बिल भएको तर सामान शंकास्पद देखिएपछि राजश्व अनुसन्धानलाई बुझाई दिएको थियो । खरिद बिल नभएकाले उक्त चामल समेत भारतबाट अबैध रूपमा नेपाल भित्रीएको हुन सक्ने भन्दै अनुसन्धान गरीरहेको स्रोतको भनाई छ ।
राजश्व अनुसन्धान कार्यालय, बुटबलका सुचना अधिकारी होम पौडेलले नबलपरासीबाट ३ बटा चामल बोकेका पिकअफ गाडी र कपिलबस्तुको कृष्णनगरबाट चामल बोको एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताए । पौडेलका अनुसार नवलपरासीबाट नियन्त्रणमा लिएर अनुसन्धान भैरहेका ३ वटा मध्ये एउटा पिकअप गाडी सामान बराबरको धरौटी बुझाएर छाडीएको छ भने अन्य गाडीहरूको हकमा अनुसन्धान भैरहेको बताए ।