© २०२३
बुटवल, २८ भदौ ।
नेपाली लघु उद्यमीहरुलाई प्रवद्र्घन गर्ने लक्ष्यसहित बुटवलको डेल्टा कम्प्लेक्समा नेपाली लुगा घर संचालनमा आउने भएको छ । नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा आम ग्राहक वर्गमा उपलब्ध गराउने र त्यसको माध्यमबाट देशकै अर्थतन्त्र मजबुत गराउन ईट्टा थप्ने उद्देश्यका साथ बुटवल डेल्टा कम्प्लेक्सको पहिलो तल्लामा असोज ३–६ सम्म नेपाली लुगाघरको शुभारम्भ हुने भएको हो ।
करीब ढाई करोड रुपैयाँ लगानीमा नेपालका चर्चित भर्जिन, गोफी, के एण्ड के, फ्रिडम, याक एण्ड नाक र ट्याग ब्राण्डका कपडाहरु उपलब्ध हुने विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी लुगाघरका संचालक प्रकाश भुषालले बताए । उद्घाटन अवधिभर रु एकमा पहिलो एक हजार ग्राहकलाई असिम गोल्डको सेण्डोका साथै कम्पनीद्घारा वितरित क्यास भौचरबाट नगद छुट समेत दिईने उनले बताए । एजुकेसन मार्टबाट शुरु भएको अभियान बजारको माग अनुसार नया स्वरुपमा ल्याइएको उनले बताए ।
केही समय पहिले नेपाली जुत्ता घर संचालनमा ल्याएको मार्टले नया रुपमा नेपाली कपडाको प्रवदर्घनको अभियानमा थालेको उनले बताए । ‘नेपाली लघु उद्यमीहरुलाई प्रवद्र्धन गर्ने गरी नेपाली लुगाघरको अवधारणा शुरु गरेका हौ ।’—उनले भने । गाजा, अल्लो र अन्य फ्याबरिकहरुबाट बनेका जुत्ता, कपडा कपडाघरमा उपलब्ध रहेको उनले बताए । यसैगरी होटल ब्यवस्थापन अध्ययन गरेका नया युवाहरुलाई अवसरका रुपमा विभिन्न कलेजमा बिएचएम अध्ययन गर्ने विद्यार्थीहरुबाट खानाका स्टलहरु राखिने उनले बताए । जहा ‘सिक्दै चखाउँदै’ नारासहित ५० प्रतिशत विद्यार्थी र ५० प्रतिशत होटल ब्यवसायीहरुको १४ स्टलमा सय बढी परिकारहरु उपलब्ध हुने उनले बताए ।
कार्यक्रममा नेपाली कपडाघरका सल्लाहकार बाबुराम बन्जाडेले विदेशी मायाको चिनोलाई समेत विस्थापित गर्ने गरी उत्पादनलाई जोड दिएको बताए । यसैगरी राष्ट्रिय र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने गरि उद्घाटन अवधिमा बँुद राना, प्रकाश बस्नेत गफाडी, सुदेश सत्याल, कविराज पौडेल, बिष्णु पोखरेल विवस, लिलाधर पाण्डे, खेम प्रसाद गुरुङ लगायतका साथै नया प्रतिभाहरुको गजल प्रस्फुटनको अवसर समेत दिईने बताए । पुरुष, महिला, बालबालिकाहरुको लागि लगाउने उत्पादन लघु उद्यमहरु रहेका छन । नेपाली लुगामा हाल १० जनाले रोजगार पाएका छन् ।