ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

मोतीराम भट्टलाई सम्झिंदा

काम गर्नेका लागि समय धेरै आवश्यक पर्दैन । प्रतिभा र इच्छाशक्तिको सन्तुलन भएमा थोरै समयमा पनि धेरै कामगर्न सकिन्छ भन्ने कुरा मोतीराम भट्टको जीवनीबाटै थाहा हुन्छ । उनले नेपाली साहित्यमा सर्वप्रथम गजल लेख्ने पराम्पराको थालनी गरे ।
२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

“दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो“

प्रस्तुत गजलका हरफहरु सुन्ने बित्तिकै सम्झना आउँछ तिनै मोतीराम भट्टको । नेपाली साहित्य आकाशका चम्किला नक्षत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो ।

नेपाली साहित्यको माध्यमिक कालका सूत्रधार मोतीराम भट्टको योगदानको नेपाली साहित्यमा विशिष्ट स्थान रहेको छ । माध्यमिककालीन साहित्यको पर्यायका रूपमा चिनिने भट्ट बहुमुखी प्रतिभाका धनी भएका कारण साहित्यको हरेक विधामा सफलतासाथ कलम चलाउन सफल भए मोतीराम भट्टले नेपाली साहित्यमा नरहेको श्रृङ्गारिक साहित्यलाई प्रवेश गराउनको साथै हिन्दी तथा उर्दूमा प्रचलित गजल र संस्कृतमा प्रचलित समस्यापूर्ति कवितालाई नेपाली साहित्यमा प्रवेश गराई मलजल हाली फलाउने र फैलाउने कार्य गरे । शासकस्तुतिलाई छाडेर भाषा र साहित्यको सेवा गर्ने व्यक्तिको जीवनी लेखी चिनाउने मोतीरामले भानुभक्तका अन्य कृतिहरूको खोजी गरी आफैले सम्पादन गरेर प्रकाशित गर्नुका साथै भानुभक्तका समकालीन कविहरूका बारेमा अनुसन्धान र अन्वेषण गरे । मोतीराम भट्टले छापाखाना खोली त्यसको प्रबन्धकका रूपमा काम गरे भने पुस्तकालय स्थापना गरी पुस्तकालयका संस्थापक पनि भए । समग्रमा मोतीराम कवि, गजलकार, गीतकार, समस्यापूर्तिकार, नाटककार, नाटक निर्देशक, प्रकाशक, प्रबन्धक र जीवनीकार हुन् । गद्य र पद्य दुवै साहित्यमा कलम चलाउन सक्ने भट्ट सफल तथा अग्रणी युग सचेतक हुन् ।

मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउनेजस्ता कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए । आफूले लेखेका नाटक निर्देशन पनि गरे । उनले निर्देशन गरेको नाटक दरबारमा मात्र सीमित भयो । मोतीराम भट्टको साहित्यमा सक्रिय समय १५ वर्षजति रह्यो । यस अवधिमा दर्जनौ कृतिहरू लेखे सम्पादन गरे । ती मध्ये मुख्य कृतिहरू यस प्रकार छन् :

मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । १९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) आदि महत्वपूर्ण रचनाहरुबाट पनि भट्टको वैशिष्ट्य उच्छ रहेको छ,नेपाली पाठकहरुका लागि । मोतीराम नेपाली साहित्यको उत्थानका लागि आफ्नो जीवन समर्पण गर्ने अलौकिक व्यक्तित्व थिए । नेपालका लागि मरिमेट्ने महान् पुरुष, राष्ट्रिय विभूति मोतीराम नेपाली भाषा साहित्यको लागि व्यक्ति मात्र होइनन् सिङ्गो संस्था नै थिए ।

काम गर्नेका लागि समय धेरै आवश्यक पर्दैन । प्रतिभा र इच्छाशक्तिको सन्तुलन भएमा थोरै समयमा पनि धेरै कामगर्न सकिन्छ भन्ने कुरा मोतीराम भट्टको जीवनीबाटै थाहा हुन्छ । उनले नेपाली साहित्यमा सर्वप्रथम गजल लेख्ने पराम्पराको थालनी गरे । उर्दू फारसीको देन गजललाई नेपाली साहित्यमा भित्र्याएर दरवारीयाहरुले विदेशी वस्तादलाई दरवारमा ल्याएर गजल सुन्ने प्रवृत्तिको अन्त्य गरी नेपाली भाषाका गजल प्रचलनमा ल्याए । भट्टले सुरु गरेको यो विधा आजका दिनमा लोकप्रिय विधाको रुपमा विकास भएको छ । मोतीराम भट्ट समस्यापूर्ति कविताका पनि सुरुवातकर्ता हुन् । संस्कृतमा प्रचलित यस पद्दतिलाई भारतेन्दु हरिश्चन्द्रको संसर्गबाट सिकेका थिए भने उत्कृष्ठ समस्यापूर्ति लेखेर उनीबाट पुरस्कार समेत पाएका थिए ।

माध्यमिककालीन नेपाली साहित्यका नायक मोतीराम भट्टले साहित्य र समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै करिब दुई दर्जनजति पुस्तककार कृतिहरू नेपाली साहित्यमा छाडी गएका छन् । मर्ने बेलामा उनले गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथा आदि नाम गरिएका मदेखि पैदा भएका जति ग्रन्थ छन् तिनै मेरा अमर सन्तान हुन् भनी जतनसाथ राखिदिन आमालाई अनुरोध गर्दै विषम ज्वरोले हमला गरेका कारण जन्मेकै तिथिका दिन वि.सं. १९५३ भाद्र कृष्ण औंसीका दिन तीस वर्षको छोटो जीवनलीला समाप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?