© २०२३
लमही, २५ भदौ ।
लमही नगरपालिकाले राप्ती गाउँपालिका–८ मा रहेको निल सागर आश्रममा रहेका सडक मानवहरुलाई दाल चामल, नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, १ का वडा अध्यक्ष दामोदर पौडेल, विपत व्यवस्थापन शाखाकी गायत्री थापा लगायतको टोलीले आश्रममा पुगेर सहयोग प्रदान गरेको हो ।
खाद्यान्न हस्तान्तरण गर्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले गरिव, असहाय, दीनदुखीलाई सहयोग गर्नु नै मानवताको महान कार्य भएको बताइन। यस्ता बेसहारा मानिसलाई सहयोग गर्दा पुण्य मिल्छ, मानिस जुन ठाउँको होस् तर उ घरबार बिहिन भएर हिडेको छ, दुःख पाएको छ भने मानवताको धर्मले हामीहरुले सक्दो सहयोग गर्नु पर्छ“– योगीले भनिन ।
त्यसैगरी लमही नगरपालिका– १ र ५ नम्बर वडाका वडा अध्यक्षद्वय दामोदर पौडेल, ओम प्रसाद सुवेदी र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बेसहारा मानिसलाई उद्दार गरि सेवा गरेको भन्दै यस्ता आश्रमलाई स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताए। यस्ता खाले सामाजिक संघ संस्थालाई राज्यले पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने, सुविधा सम्पन्न भवन निर्माण गरिदिनु पर्ने र राज्यकै निगरानीमा राखेर सेवा प्रबाह गरिनु पर्ने बताए।
अहिले उक्त आश्रममा ३ जना महिला र १८ जना पुरुष गरि २१ जना मानिस रहेको निल सागर आश्रमका अध्यक्ष गरिबू चौधरीले जानकारी दिए । बेवारिसे अवस्थामा रहेका उनीहरुलाई दाङ देउखुरीका विभिन्न स्थानबाट उद्दार गरेर आश्रममा लगिएको चौधरीले बताए । त्यस आश्रममा धेरैजसो धेरैजसो भारतीय नागरिक छन ।
सामाज सेवा गर्ने उदेश्यले संस्था खोलियो तर भावनाले मात्र संस्था चल्ने रहेनछ“– चौधरीले भने। संस्थाको कोष बलियो छैन, दाताहरुको सहयोगले जेनतेन चलेको बताए । मानिसहरुले जन्म दिन, बिबाह वर्षको अवसरमा आश्रममा पुगेर लत्ताकपडा, खाद्यान्न सहयोग गर्ने गरेको आश्रम समितिले जनाएको छ । समितिले त्यहाँ रहेका सडक मानवहरुको बेला बेलामा मानसिक रोगका डाक्टरलाई ल्याएर समेत चेकजाँच गर्ने गरेको छ।
त्यसैगरी लमही नगरपालिका –१ नर्तीमा रहेको मुक्त कम्लहरी विकास मंचको लावाजुनी छात्राबासमा बस्ने कम्लहरीहरुलाई पनि लमही नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले चामल १ सय २५ किलो, दाल १० किलो, ५ किलो नुन हस्तान्तरण गरेको विपत व्यवस्थापन शाखाकी गायत्री थापाले जानकारी दिइन।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी