© २०२३
सल्यान, २५ भदौ । सैन्य आधार तालिम प्राप्त गरेका ६६ जना सल्यानमा दिक्षित भएका छन् । श्री सिद्धिबक्स गण, सिमखर्क ब्यारेकमा ९ महिने सि.सं. ३ सैन्य आधार तालिमको सोमबार आयोजित समारोहमा नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका शिक्षार्थीलाई दिक्षित गरिएको हो ।
समारोहमा सिद्धिबक्स गणका गणपति प्र.से. कृष्ण चन्द्र ठकुल्लाले शिक्षार्थीहरुलाई सफल सैनिक जीवनको शुभकामना व्यक्त गरे । उनले नेपाली सेनाको छविलाई उच्च राख्दै सैनिक मर्यादामा रही प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्न सिपाही दर्जामा नियुक्त भएका सिपाहीहरुलाई निर्देशन दिए ।
यस्तै कार्यक्रममा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, जिल्ला न्यायाधिष गिरिराज गौतम, जिल्ला स्थित सुरक्षा निकायमा प्रमुखहरुको उपस्थिती रहेको थियो । वक्ताहरुले आफ्ना सन्ततीहरुलाई हौसला प्रदान गरी मातृभूमीको सेवामा समर्पित गराएको भन्दै सिपाहीका परिवारजनप्रति आभार व्यक्त गरेका थिए ।