© २०२३
बर्दघाट, २५ भदौ । मगर भाषाका आदिकवि स्व. रेख बहादुर सारु मगरको जन्मजयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । मगर भाषाका आदिकवि स्व.रेख बहादुर सारुको ७९ औँ जन्मजयन्तीको अवसरमा साहित्य प्रतिष्ठानले भदौ २७ र २८ गते दुई दिन विविध कार्यक्रम सहित मनाउने भएको हो ।
सोमबार बर्दघाटमा आयोजित पत्रकार सम्मेलनमा रेख बहादुरको जन्मजयन्ती आदिकवी रेख बहादुर सारु मगरको कर्मथलो बर्दघाट नगरपालिका वडा नम्बर १ माकरमा २७ गते कविता प्रतियोगिता, मुक्तक प्रतियोगितासँगै साहित्यिक कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानकी अध्यक्ष तारा राना थापाले बताइन । यसैगरि स्थानिय एवं राष्ट्रिय कलाकारहरुले साँगितिक कार्यक्रम प्रस्तुत गरिने उनले बताईन ।
कार्यक्रममा विभिन्न भाषा सँस्कृति झल्कने झाँकी, खानाका परिकारहरु सहितको फूड फेष्टिवल समेत आयोजना गरिएको उनले बताइन । कवि रेख बहादुरका कविता वाचन लगायत विभिन्न श्रष्टा सम्मानको कार्यक्रम २८ गते आयोजना गरिएको प्रतिष्ठानका सँरक्षक शिव थापा मगरले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी