ट्रेंडिंग:

>> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया

जयसिंह धामीले कहिले पाउने न्याय ?

२२ भाद्र २०८०, शुक्रबार
२२ भाद्र २०८०, शुक्रबार

महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गर्दै वैदेशिक रोजगारीमा जान लागेका युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको दुःखद समाचार सार्वजनिक भएको पनि दुई बर्ष भएको छ । भारततर्फको सीमा सुरक्षामा खटिएका अधिकारीले महाकाली नदीमा रहेको तुइन काटिदिएका कारण जयसिंह धामी महाकालीको भंगालोमा बेपत्ता भए । उनको शव समेत परिवारजनले पाउन सकेनन् । नेपाल सरकारले उक्त घटनामा भारतसंग कुनै ठोस प्रतिवाद गर्न सकेन । नेपाल सरकारले यो घटनालाई सामसुम बनाउन धामी परिवारलाई १० लाख क्षतिपूर्तिको घोषणा गर्यो । सुदूर पहाडी जिल्लाका युवाहरूको प्रतिनिधिपात्र थिए जयसिंह धामी । जयसिंह जस्तै सुनौलो जीवनको सपना बोकेर मुगलान पस्ने युवाहरूको कमी छैन । बरू, झनै बढेको छ । प्रसंग हो– भारत र चीन दुबै देशले पछिल्लो सार्वजनिक नक्सामार्फत नेपालमाथि गिद्धे दृृष्टि लगाउनु । भारतले दक्षिणबाट र चीनले उत्तरी सिमाको प्रयोग गर्दै नेपालमाथि भूगोलमा पनि पकड जमाउने दुष्प्रयास गरिरहेका छन । बदलामा हामी कति निरिह छौं, नेपाल सरकार चुप छ । केही बोल्न सक्दैन् । जयसिंह धामी देखिएका पात्र हुन, उनीजस्तै नेपाली युवा कति महाकालीमा हेलिएका छन, सरकारसंग हेक्का छ ? जयसिंह महाकालीमा बेपत्ता भएको दुई बर्ष भएको छ । उनको परिवारले न्याय पाएका छैनन् । सरकार अव छिटो जयसिंहको अवस्था सार्वजनिक गर । उनलाई न्याय देउ ।

नेपाल र भारतबीचमा खुला सिमाना छ । तर, सीमाहरूको सुक्ष्म अवलोकन गर्ने हो भने यहाँ खुलाजस्तो देखिने तर नियन्त्रित अर्थात् कतै अर्धखुला र कतै पूर्णरूपमा नियन्त्रित सिमानाका अभ्यासहरू देखिन्छन् । एकातिर रोटीबेटीको सम्बन्धका कुरा भइरहेका छन भने अर्कोतिर जयसिंह जस्ता युवाले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । केपी ओली नेतृत्वको सरकारले देशभर रहेका तुईन विस्थापन गर्ने निर्णय गरेर काम अघि बढाएको थियो । तर, बीचमा ओली सरकार बहिर्गमनमा परेपछि त्यो योजनालाई तुहाइयो । जयसिंहको नियति अरू युवाहरूले भोग्नुपर्ने थिएन भन्ने विश्वास र बुझाई हो । महाकाली नदीमै तैरिनुपर्ने विकल्प महाकाली वारिपारी बसोवास गर्नेहरूको दिनचर्या भएको वर्षौं भएको छ । दक्षिणतर्फ नेपालको तराईबाट सीमापारमा महाकालीमा जस्तो सकस नदेखिए पनि दुई देशले आवतजावत गर्न पाइने स्थानको संख्या तोक्ने प्रावधानमा सहमति गरेको अवस्था छ । यही कारणले दुई सरकारले तोकेको भन्दा अन्य स्थानबाट सीमा पार गर्नेले कहिले नेपालका तर्फबाट त कहिले भारतका तर्फबाट त्यहाँ भेटिने सुरक्षाकर्मीको असहज व्यवहार भोग्न परिरहेको देखिन्छ । आखिर नेपाली जनताले भारतको दुव्र्यवहार कहिलेसम्म भोग्ने ? अव चुप लागेर बस्ने अवस्था छैन । आफ्ना नागरिकमाथि यतिधेरै अत्याचार हुँदापनि सरकार चुप छ । अर्को बिडम्वना के छ भने नेपाल सरकारले जयसिंह धामीको बेपत्ता प्रकरणलाई हत्या भन्न सकेको छैन् । अझैपनि समय छ– जयसिंह धामीको न्यायको पक्षमा वकालत गरौं । महाकालीको तुईन काट्ने भारतीय सुरक्षाकर्मीमाथि कारवाही होस् । अव कुनैपनि नेपालीले जयसिंह धामीको नियती भोग्न नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?