© २०२३
बुटवल, २१ भदौ । तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने नेवार समुदायले कान्छीबजारस्थित भिमचोकमा लाखे नाच निकालेका छन । ‘आफनो पहिचान, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरौ ।’ भन्ने नारासहित स्थापना भएको कान्छीबजार नेवाः समाजको आयोजनामा बुधबार लाखे नाच निकालिएको हो । ज्वजलपा नेवाः समाज तिलोत्तमा नगरपालिका, वडा नं.—७ का कलाकारहरुले नाचमा प्राविधिक सहयोग गरेका थिए ।
नेवार समुदायको आफनै भाषा, संस्कृति र रितिरिवाज विविधता रहेको समुदाय भएको भन्दै लाखे नाच एउटा जात्राको रुपमा मनाउने प्रचलनलाई शुरुवात गर्ने गरि कार्यक्रम गरिएको समाजका अध्यक्ष जस बहादुर श्रेष्ठले बताए । भगवान श्रीकृष्णलाई कंसले मार्नको लागि आफनी बहिनी पुतनालाई लगाएको र सुरक्षाका लागि लाखेलाई अराएको भन्ने किवदन्ती अनुसार धार्मिक र सास्कृतिक झल्को दिने गरि कार्यक्रम गरिएको उनले बताए । नया पुस्तामा नेवारी भाषा सिकाईलाई प्राथमिकता दिने गरि नगरस्तरमा कार्यक्रमहरु अघि बढाउन जरुरी रहेको उनले बताए । स्थानिय सरकारको अगुवाईमा तिलोत्तमाका विद्यालयहरुमा मातृभाषा शिक्षालाई जोड्न उनले आग्रह गरे ।
कार्यक्रममा वडा नं १० का वडाअध्यक्ष गोपाल प्रसाद घिमिरे, ज्वजलपा नेवाः समाजका अध्यक्ष जेस कुमार श्रेष्ठ, लुम्बिनी योजना आयोगका पुर्व सदस्य दामोदार भुषाल, समाजसेवी उजुरसिह जिसी, घनसिह पुन, बिक्रम केसीले बसाई सराई गरेका आएका नेवार समुदाय आफनो संस्कृति जर्गेनामा संस्थागत पहल नमुनायोग्य भएको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष होम बहादुर कर्मचार्य, सचिव कृष्ण बहादुर श्रेष्ठले नेवारहरुको आफनो भाषा, संस्कृति बैज्ञानिक भएकाले पनि धेरै महत्व राख्ने भन्दै यसको संरक्षणको लागि स्थानिय सरकारबाट सहयोगको अपेक्षा राखेको बताए ।
कार्यक्रमको ब्यवस्थापनमा प्रकाश श्रेष्ठ, गजेन्द्र श्रेष्ठ, सबिता श्रेष्ठ, सुमित्रा श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, मन कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठले अतिथिहरुलाई नेवारी संस्कार अनुसार धजा र सगुन दिएर स्वागत गरेका थिए । कलाकारहरुले राती अबेरसम्म चोकमा नाच प्रदर्शन गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी