ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
ह्रदय रोग निवारण प्रतिष्ठानको अधिवेसन

आम नागरिकको पहुचमा शिक्षा र स्वस्थ्य पुग्न नसकेको गुनासो

मानिसको खानपान, जिवनशैली बदल्ने गरि सचेतना जगाउन सके ८० प्रतिशतको मुटुको रोग नलाग्ने विज्ञहरु बताउछन ।
१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ । आम नागरिकको पहुचमा शिक्षा, स्वस्थ्य पुग्ने गरि सरकार अघि बढ्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेपाल हदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै शिक्षा र स्वस्थ्य अहिले नगरको प्राथमिकताको विषय भएको बताए । दैनिकजसो कार्यालयमा दिर्घरोगीहरुको उपचारको लागि आफुले सिफारिस गर्दा निक्कै दुखद तथ्याक आएको भन्दै शिक्षा र स्वस्थ्यमा सामान्य मानिसको पहुच कमजोर रहेको उनले बताए । ‘यसैको लागि काम अघि बढाएको छु ।’—उनले भने । जटिल प्रकारको स्वस्थ्य उपचारमा फड्को मार्ने गरि सबै संघसंस्थाहरु सहकार्य गरि लाग्न जरुरी रहेको बताए । मुटुरोगको उपचार गर्ने अस्पताल चलाउनु सामान्य नभएको भन्दै उनले यसमा प्रदेश र संघ सरकारबाट समन्वय जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल ह्रदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष अखिलेस पाण्डेले सर्ने रोगभन्दा नसर्ने रोगहरु ब्यापकता बढेको दाबी गरे । मानिसको खानपान, जिवनशैली बदल्ने गरि सचेतना जगाउन सके ८० प्रतिशतको मुटुको रोग नलाग्ने विज्ञहरु बताउछन । कुनैबेला नेपालमा ५ प्रतिशतमात्र ब्यायाम नगर्ने थिए भने अहिले शहरी क्षेत्रको विकाससंगै ब्यायाम नगर्ने ५० प्रतिशतभन्दा बढी रहेको तथ्याकले बताछन । आहारबिहार अनुसार नै शरिरमा रोगको आक्रमण बढ्ने उनले दाबी गरे । विद्यालयको पाठ्यक्रममा विषयबस्तु समावेश गर्न सके अझ प्रभावकारी हुने उनले बताए। संस्थागत रुपमा सचेतनासंगै उपचार पद्धतिबारे सरकारलाई सल्लाह सुझाव दिने जस्ता काम आफुहरु गर्दै आएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निर्मल प्रसाद लाकौलले स्वस्थ्य सेवामा योगदान दिने गरि संस्थागत रुपमा अघि बढेको बताए । टोलटोल र विद्यालयस्तरमा सचेतना जगाउने नै मुख्य लक्ष्य राखेर काम गर्दै आएको उनले बताए । मुटुको परिक्षणका लागि उपकरण प्राप्त भएको र निशुल्क परिक्षणका क्लिनिकहरु संचालन गर्न लक्ष्य रहेको उनले बताए । निकट भविष्यमा रफ्तारका साथ सेवा अघि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव नरेस कुमार श्रेष्ठले २८ वर्षअघि स्थापना भएको संस्था आफ्नो लक्ष्य अनुसार थियो । रुपन्देही शाखा स्थापनाकालदेखि नै मुटुरोग क्लिनिक संचालन पहिलो थियो । हाल गौतमबुद्घ मुटु सामुदायिक अस्पतालको स्थापनासम्म पुगेको उनले दाबी गरे। मुटुरोग विशेषज्ञ डा समीर गौतमसहितका विज्ञहरुको सहयोगमा नवीन औधोगिक माबि, मायादेवि प्राविधिक शिक्षालय, लुम्बिनी सास्कृतिक नगरपालिका लगायत जिल्लाका विभिन्न क्षेत्रमा निशुल्क स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रमहरु गरेको उनले बताए । देशकै १० शाखामध्ये उत्कृष्ट भई ईसिजी मेशिन केन्द्रबाट उपलब्ध भएको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष उज्वल कसजूले बुटवल नगरको विकासका अगुवा स्वर्गीय सुर्यप्रसाद प्रधानको अगुवाईमा ६ वटा विभिन्न संस्थाहरु गठन भएर शिक्षा, स्वस्थ्यको क्षेत्रमा योगदान दिने गरि काम भएको बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर अर्जुनमान सैजु, प्रतिष्ठानका सल्लाहकार अर्जुन रानाभाट, जीवनप्रसाद वझा, रुपन्देही उद्योग संघका पुर्वअध्यक्ष तेज कुमार पाठक, लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले बुटवललाई शैक्षिक र स्वस्थ्यको हब बनाउने गरि लाग्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बोनिन पियाले क्लिनिकबाट मुटु अस्पतालसम्म सेवा दिन सफल भएको बताए । राजनितिक दलहरु आश्वासन बाड्ने भन्दा पनि योजनावद्घ रुपमा अघि बढ्न जरुरी रहेको बताए। संस्थागत रुपमा सहकार्य गर्न आफू तयार रहेको बताए ।
हाल प्रतिष्ठान शाखामा २ सय सदस्यहरु छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?