© २०२३
गावो विश्वस्य मातरः। अर्थात् गाई संसारकी माता हुन् । सनातन हिन्दु परम्परामा गाईलाइ माताको उच्च स्थान दिइएको पाइन्छ । गाईलाई वैदिक कालदेखि नै समस्त आर्य जाति, धर्म, संस्कृति एवं सभ्यताको प्रतीकका रुपमा समेत मान्दै आएका छौँ ।
धार्मिक एवं पौराणिक महत्व :
हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा किन गरिन्छ भन्ने प्रश्नका उत्तरहरु थुप्रै रहेका छन् । गाईमा सवै देवता निवास गर्छन् । त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ । भगवान शिवका बाहन नन्दी (साढे), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्नेवाला गाई कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु एवं अन्य देवीको रुपमा गाईमा देख्नुले पनि गाईलाई विशेष पूज्य बनाएको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।
मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको प्रत्येक रौं रौंमा महर्षिहरूको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गङ्गा लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । यस आधारमा गाइलाइ सम्पूर्ण देवी देवताको प्रतिक मानिएको हो ।
प्राचीन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिक कालदेखि नै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले माता स्वरुप गाईको पूजा गर्दै आइरहेका छन् ।
‘मातादित्यानां दुहिता बसनां प्राणःप्रजानामृत्यस्य नाभिः । हिरण्यवर्णा मधुकशा घृताची महान भर्गश्चरतिम मत्र्येषु’ (अथर्वेद) अर्थात् गाई आदित्यकी माता, बशुहरुको छोरी । जनताहरुको प्राण,अमृतकी नाभि, हिरण्यबर्ण, घृताक्त मधुकशा हो यसैलाई प्राप्त गरेर महान तेज प्राणीहरुमा घुमि रहन्छ भन्ने पौराणिक मान्यता रहिआएको छ।
वैज्ञानिक महत्वः
–गाई प्राणी जगतको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ।
–गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटासियम, सोडियम, नाइट्रोजन, आदि लगभग २४ तत्व रहेका हुन्छन्, जुन हाम्रो शरीरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन् ।
–गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।
–गाईको दुधले हृदयको रोग बाट बचाउँछ।
–गाईको दुधले स्मरण शक्ति बढाउँछ।
–गाईको गोबरमा हैजाका किटाणुलाई नष्ट गर्ने अद्भुत शक्ति हुन्छ।
–गाईको गोबरको गंधले अन्य रोगका किटाणु पनि मर्छन्।
–गाईको एक तोला ध्यूबाट हवनादि यज्ञ गर्दा १६०० किलो अक्सिजन निर्माण हुन्छ।
–गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
– गाइको गोबरले दाद, लुतो, घाउ, खटिराजस्ता छालाजन्य रोगहरुमा औषधिको काम गर्छ।
–केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
–दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
–गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रीहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
–गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
–गौ–मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
–गाईको शरीरलाई प्रतिदिन १५–२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप नियन्त्रण हुन्छ।
–गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस–पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
–गाई या त्यसका बाच्छा–बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुकद्वारा गरि सकिएको छ। अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसंग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा–भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ। इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबरबाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् ।
शास्त्रीय मान्यता अनुसार यदि घरको मुल ढोका अगाडि गाई बाधिएको छ भने त्यस घरमा कुनैपनि भुत,प्रेत आदिले प्रवेश गर्दैन भनिन्छ । हाम्रा ऋषिमुनिहरुले लाखौँ वर्ष पहिले नै यी सबै प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब विर्सियौ र बेच्यौ सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं ।त्यहि आदर्श र भव्य ऋषि परम्परालाई पुनः स्थापित गर्नु पर्ने आजको प्रमुख आवश्यकता रहेको छ । जय गौमाता !