ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

दीगो पर्यटन प्रवद्र्धनमा आन्तरिक पर्यटनको योगदान

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

नेपाल सरकारले भ्रमण वर्ष २०२० को अवधिमा २० लाख पर्यटकलाई नेपाल भित्राउने र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्राउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२० देखि २०३० लाई ‘पर्यटन दशक’ समेत घोषणा गरेको थियो । १० वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी बनाउने योजना सरकारले बनाएको थियो । तर, नेपालमा भ्रमण वर्ष शुरु हुनासाथ विश्वमा कोरोना भाइरसको महामारी फैलियो । कोरोना कहरले नेपाल भ्रमण वर्ष २०२० मात्र बिथोलिएन, त्यसयताका ३ वर्षसम्म नेपालको पर्यटन व्यवसाय थला नै प¥यो । अहिले विस्तारै नेपालको पर्यटन क्षेत्र तंग्रिदै छ । तर, कम्तिमा २०१९ कै अवस्थामा पुग्न भने अझै केहि समय लाग्नेछ ।

कोरोना महामारीपछि सन् २०२२ मा सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपाल आउने पर्यटकमध्ये सन् २०२२ मा सबैभन्दा धेरै सार्क मुलुकबाट आएका छन् । सार्क मुलुकका पर्यटकको संख्या २ लाख ४६ हजार छ । यस्तै युरोपेली मुलुकहरूबाट १ लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार आएको नेपाल नेपाल पर्यटन सूचकांक २०२२ मा उल्लेख छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशीको संख्या १० लाख पु¥याउने र सन् २०२३–२०३२ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउँदा ५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएपनि ४ लाख ६४ हजार पर्यटक आएका थिए । सन् २०११ मा पर्यटन वर्ष मनाउँदा १० लाख पर्यटक भित्राउने लक्ष्य थियो । तर, ७ लाख ३६ हजार मात्रै आए । कोरोनाको कारण नेपाल भ्रमण वर्ष २०२० शुरुमै तुहिएकोले यसका लक्ष्यहरूको गोरेटोसम्म पनि कोरिएन । सन् २०२२ मा करिब ६ लाख विदेशी आएकोमा सन् २०२३ मा १० लाख पुग्ने पुर्याउन अलिक मेहनत नै गर्नुपर्ने हुन्छ । कोरोना कहर, विस्वब्यापी आर्थिक मन्दी जस्ता कारणले यो लक्ष्य पूरा भैहाल्ला भन्ने आधार देखिदैन ।

नेपाल सरकारको पर्यटन नीति २०६५ ले यसले आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको एक सहायक अङ्गको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । नेपालभित्रै घुम्न चाहने नेपालीहरूको संख्या निकै बढिरहेको भएपनि नेपालको पर्यटन उद्योगले आन्तरिक पर्यटकलाई वेवास्ता गरेको कारणले अहिलेपनि नेपालमा वर्षेनी ठूलो संख्यामा नेपालीहरू भ्रमणको लागि विदेशमा पुग्ने गरेका छन् । पछिल्ला वर्षहरूमा वर्षेनी ७ लाख नेपालीहरू औपचारिक माध्यमबाट पर्यटक भिषामा घुम्नको लागि विदेश जाने गरेका बताइन्छ । बिदेशमा काम गर्न गएका नेपालीहरूले नेपालबाट आफन्तहरूलाई उतै बोलाएर घुमफिर गराउँदा पनि ठूलो धनराशी खर्चने गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा २०७९ साउन देखि २०८० जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् । गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब छ करोड आम्दानी भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड आम्दानी भएको थियो । विदेशी पर्यटकहरूले नेपालमा गर्ने खर्च भन्दा नेपाली पर्यटकहरूले विदेशमा बढी खर्च गर्ने भएकोले आन्तरिक पर्यटकहरूलाई प्रोत्साहित गर्ने हो भने नेपालमा पर्यटकहरूको कमी हुनेछैन ।

पछिल्ला वर्षहरूमा नेपालीहरूमा घुमफिर र मनोरंजन गर्ने बानीको विकास भैरहेको छ । खासगरी युवा पुस्तामा खर्च गरेर घुम्ने र नयाँ नयाँ जानकारी लिन खोज्ने प्रवृति बढिरहेको छ भने पाका पुस्ताहरू धार्मिक क्षेत्रमा घुमफिर र दर्शनको लागि टाढा पुगिरहेका छन् । पर्यटन क्षेत्रको लागि यो राम्रो संकेत हो । नेपालका चलेका पर्यटकीय गन्तव्यमा अहिलेपनि आन्तरिक पर्यटककै ठूलो भिड लाग्ने गरेको छ । सन् २०१९ मा लुम्बिनी भ्रमणमा गएका कूल १७ लाख ७९ हजार ०८६ पर्यटक मध्ये १४ लाख १ हजार १७८ जना नेपाली नागरिक थिए भने सन् २०२२ मा त्यहाँ पुगेका कूल ९ लाख ३ हजार ८८३ जना मध्ये ६ लाख ४९ हजार ७८ जना नेपाली नागरिक थिए । पोखरा, चितवन, मुस्ताङ, रारा जस्ता अन्तर्राष्ट्रिय रूपमा चर्चित पर्यटकीय स्थानमा पुग्नेहरूमा स्वदेशी पर्यटकहरूको संख्या तिन चौथाई भन्दा बढी हुने गरेको छ । धार्मिक गन्तव्यहरूमा पुग्नेहरूमा त स्वदेशी नागरिकहरूको संख्या ९०% भन्दा बढी हुने गरेको छ । शहरका महंगा र तारे होटेलहरू विदेशी पर्यटकहरूले गर्दा चलेपनि देशभरका मझौला र साना होटेल, ट्राभल एजेन्सी र पर्यटनका सहब्यवसायहरू आन्तरिक पर्यटकहरूकै कारण चलिरहेका छन् । लकडाउन सकिएपछि नेपालको पर्यटन व्यवसाय टिक्न सकेको आन्तरिक पर्यटककै कारण हो ।

नेपालका हरेक गाउँहरू मौलिकताले भरिपूर्ण छन् । ग्रामिण क्षेत्रमा फरक फरक पर्यटकीय स्वाद पाउन सकिन्छ । अहिलेसम्म पर्यटन शहर केन्द्रित र शहर निर्देशित छ । नेपाल सरकारको पर्यटन नीतिले ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने, ग्रामिण क्षेत्रमा पर्यटकीय लाभ पु¥याउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने रणनीति अघि सारेको छ । अचेल धेरै नेपालीहरू शहर केन्द्रित भएकोले नेपाली बालबालिका र युवाहरूको लागि ग्रामिण परिवेश रमाइलो र नौलो हुने गरेको छ । नेपालीहरू ग्रामिण क्षेत्रमा घुम्न जाने प्रवृति बढेपनि यसलाई व्यवस्थित गर्न सकिएको छैन । पर्यटकीय स्थलहरूमा नेपाली पर्यटकहरूलाई मान्छे नै नगन्ने, उनीहरूलाई तोकिएको रकम तिर्दा पनि पर्यटकीय सेवा सुविधा प्रयोग गर्न नदिने गरेको गुनासो बारम्बार सुनिने गरिएको छ । आन्तरिक पर्यटकलाई वेवास्ता भएकै कारणले अहिलेपनि नेपालमा वर्षेनी ठूलो संख्यामा विद्यार्थीहरू, सहकारी संस्थाका पदाधिकारीहरू, सामाजिक संस्थाका कर्मचारीहरू, जनप्रतिनिधिहरू भ्रमणको लागि भारत, चीन, थाइल्याण्ड, श्रीलंका, दुबईजस्ता विभिन्न ठाउँमा पुग्ने गरेका छन् । घुम्न खोज्ने नेपालीहरूलाई पर्यटकको सुविधा उपलब्ध गराउने, विद्यालयको पाठ्यक्रममा स्थानीय क्षेत्रका पर्यटकीय स्थानको जानकारी दिने, बाल शिक्षणमा घुमाइबाट सिकाइलाई प्राथमिकता दिने, रमणीय गाउँहरूमा होमस्टे संचालन गर्ने, सहज आवागमनको व्यवस्था गर्ने, धार्मिक स्थल तथा ग्रामिण वस्तीहरूमा पर्यटकीय शिक्षा प्रदान गर्ने जस्ता काम गर्न सकियो भने मात्र नेपालका सबै स्थानमा पर्यटकहरू घुम्न जाने वातावरण निर्माण हुन्छ ।
आन्तरिक पर्यटकहरूको घुमफिरको क्रम बढ्न सक्यो भने उनीहरूमार्फत नै देश विदेशमा नेपालको पर्यटकीय स्थल र अवसरको बारेमा प्रचार प्रसार हुन्छ । जसले गर्दा नेपालमा दिगो पर्यटन विस्तार हुन सक्छ । सिमित राष्ट्रहरूका पर्यटकमा मात्र नेपालको पर्यटन बजारमा अडिएकोले नेपालको पर्यटन उद्योगले सधै धोका खाने गरेको छ । एकैखाले पर्यटकमा भर पर्दा नेपालको पर्यटन लक्ष्यहरू पूरा हुन सकेको छैन् । नेपाल आउने पर्यटकहरू चीन र भारत हुँदै नेपाल आउने भएकोले नेपालको अवस्था सामान्य रहेपनि चीन र भारतको सामाजिक, राजनैतिक र वातावरणीय अवस्थामा कुनै समस्या देखिनासाथ नेपालमा पर्यटकीय गतिविधिहरूमा तत्कालै प्रभाव पर्दछ । सिमित देशहरूबाट मात्र पर्यटकहरू नेपालमा आउँदा ती देशहरूमा नेपालको बारेमा कुनै नकारात्मक सूचना प्रवाह हुने बित्तिकै नेपालमा पर्यटकको संख्या ह्वात्तै घट्ने गरेको छ । नेपाल भ्रमणमा आउने परम्परागत पर्यटकहरूको विकल्प राम्रोसंग खोजी गर्न नसकेको कारणले गर्दा छिमेकी देशहरूमा पर्यटकहरूको संख्या बढिरहँदा नेपालमा भने पर्यटन सम्बन्धि सामान्य लक्ष्यहरू पूरा हुन पनि कठिन भैरहेको छ । पर्यटकहरू बढ्दा पनि उनीहरूको बसाईको अवधि र खर्च गर्ने रकम बढ्न सकेको छैन बरु नेपाली नागरिकले पर्यटनको लागि खर्चने रकम बढ्दो छ । विदेशी पर्यटकहरू ल्याएर नेपालमा पर्यटनबाट मनग्ये आम्दानी गर्ने सपना यहि अवस्थामा पूरा गर्न निकै कठिन हुने सबैले महसुस गरिरहेका छन् । यस्तो अवस्थामा नेपाली पर्यटन जगतलाई चलायमान बनाउन पर्यटन व्यवसायलाई दिगो बनाउनको लागि आन्तरिक पर्यटनलाई जोड दिन ढिला भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?