© २०२३
चन्द्रौटा(कपिलवस्तु), १६ भदौ ।
कपिलवस्तुको शिवराज नगरापालिकामा युथस लिडरसीप कार्यक्रम गरिएको छ । शिवराज थारु वेयल फियर सोसाइटी नगर नगर कमिटीको आयोजना, वडा नम्बर १, २ र ९ रहेको किर्डाक नेपालको शिवराज आशा सञ्जालको समन्वयमा वडा नम्बर–१, अवस्थित उमरी थारु संग्राहलयमा एकदिने तालिम गरिएको आयोजकले जनाएको छ ।
थारु कल्याणकारीणी सभा कपिलवस्तुका अध्यक्ष पवन कुमार थारुले शिक्षा क्षेत्रलाई प्राथिमतामा राखी विकास गर्नुपर्ने बताए । पछिल्लो युवा पुस्ताहरु कुलतमा फस्दै गएको बताउँदै अभिभावहरुलेसमेत सकारात्मक पाटोमा लैजना भूमिका खेल्न उनले आग्रह गरे । युवा पुस्ताको मनोभावना अभिभावकले बुझन नसक्दा अनैतिक गतिविधि प्रत्साहन पाएको थारुले जनाए । प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा उर्तान आवश्यक रहेको उनको भनाई छ ।
यसैबीच शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी थारुले समुदायको युवाको मुख्य भूमिका रहेको बताए । शैक्षिक अध्ययन मात्रै नभएर बाहिरी ज्ञान जरुरी रहेको जनाउँदै युवा पुस्ताले समाजको पहिचान गर्नुपर्नेमा अध्यक्ष चौधरीले जोडदिए । किर्डाक नेपालका सामाजिक विकास अधिकृत विनोद केवट, थारु कल्याणकारीणी सभा शिवराज नगर समितिका अध्यक्ष प्रकाश थारु, सागर थारु लगायतले नेतृत्व विकास तथा क्षमता विकास अभिवृद्धि, नेतृत्व विकासका लागि लक्ष्य अभिमुखीकरण र संस्थागत विकासको बिषयमा प्रशिक्षण दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी