© २०२३
बुटवल, १६ भदौ ।
पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार लुम्बिनी केवलकारको अवलोकन गरेका छन् ।
पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उदघाटनपछि पुर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुसहित ओलीले लुम्बिनी केवलकारको अवलोकन गरेका हुन् । आफू प्रधानमन्त्री भएका बेला दुई वर्षअघि केवलकारको ओलीले शिलान्यास गरेका थिए ।
काम सुरु भएको १४ महिनामै यत्रो ठूलो परियोजना सम्पन्न गरेकोमा ओलीले लगानीकर्ताहरुलाई धन्यवाद दिए । त्यस अवसरमा उनले यो लुम्बिनी प्रदेशकै ठूलो परियोजना रहेको भन्दै यसले पर्यटकहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । “यहाँ निर्माण हुने पाँचतारे होटललगायतका पूर्वाधारले यो परियोजना पर्यटनको हव बन्न सक्छ”–ओलीले भने ।
त्यसक्रममा ओलीले केवलकारको टप स्टेशन वसन्तपुरमा रहेको कामाख्या मन्दिरको पनि दर्शन गरेका थिए । केवलकार अवलोकनका क्रममा पुर्वअर्थमन्त्री पौडेलका साथै, संघीय सांसद वासुदेव घिमिरे, नेता वृजेशकुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, बुटवलका पुर्व नगरप्रमुख शिवराज सुवेदीलगायत पनि पुगेका थिए ।