© २०२३
नवलपुर, १६ भदौ ।
पुर्वी नवलपरासीको नवलपुर गैँडाकोट नगरपालिकामा घरेलु मदिरा उत्पादन र बिक्री गर्न पाउनुपर्ने माग सहित नेपाल मगर संघ नगर समितिले ज्ञापनपत्र बुझाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले केहीदिन अघि नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५ सय २० लिटर घरेलु मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेपछि मगर संघले आपत्ति जनाएको हो । नेपाल मगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरको नेतृत्वमा शुक्रबार नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय स्तरमा उत्पादन भएको मदिरालाई बैधानिक बनाउनुपर्ने उनीहरुको माग छ । स्थानीय मदिरालाई बैधानिक र व्राण्डिङ बनाउने विषय सरकारले उठाए पनि यसलाई कार्यान्वयन अझै ल्याउन नसकेको भन्दै नेपाल मगर संघ गैडाकोटको गुनासो छ । विज्ञेप्तीमा गैँडाकोट नगरका वडा नं. ३, १४ र १८ का विभिन्न क्षेत्रमा बसोबास गर्ने नगरवासीहरु आर्थिक रुपमा कमजोर रहेको भन्दै स्थानीय सरकारले कानून बनाएर जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी