ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

पत्रकारले खोजमुलक पत्रकारिता गर्नुपर्नेमा जोड

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

बुटवल, १५ भदौ ।

राप्ती गाउँपालिकामा खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम सुरू भएको छ । कार्यक्रमलाइ संबोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबारदेखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिमको उदघाटन गर्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन । अध्यक्ष विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा विकृति फैलिएको बताउँदै त्यस्ता कार्य रोक्न पत्रकार सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

घटनाको यथार्थ नबुझी एउटा पत्रकारले लेखेको न्युज आर्को पत्रकारले कपीपेष्ट गर्ने बानीले पनि पत्रकारहरूमा लेखन सीप हराउँदै जाने र सत्यतथ्य कुरा नआउँदा पत्रकारितालाई मानिसले विश्वास गर्न छोडेको स्मरण गराएका छन् । त्यस्तै अध्यक्ष विष्टले राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको पालिका भएकोले राजधानी क्षेत्रका सकारात्मक तथा राम्रा कुरा बाहिर जाओस् भन्ने इच्छा पालिकाले राखेको बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले घटना तथा विषयवस्तुको गहिराईमा नपुगेर हावातालमा समाचार लेख्दा राम्रो कुराको पनि बदनाम भइरहेको बताइन् । उनले पत्रकारहरूलाई समाचार लेख्दा यर्थात बुझेर मात्र समाचार लेख्न आग्रह गरेकी छिन् ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिम उद्भाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दशरथ घिमिरे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

राप्ती गाउँपालिका क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र अन्य नयाँ युवाहरू गरि ३१ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, केपी घिमिरे, दशरथ घिमिरे, दिवाकर पोख्रेल, अर्जुन अधिकारी, सन्तोषकुमार गुप्ता, बासुदेव न्यौपाने र ओमप्रकाश गुप्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?