© २०२३
बुटवल, १५ भदौ । देवदह नगरपालिका, कार्यपालिकाको कार्यालयले स्थानिय बासिन्दाहरुको समस्या पहिचान गरि सम्बोधन हुने गरि अभियानलाई अघि बढाएको छ । मानव स्वस्थ्यसंग सरोकार राख्ने नगर सरसफाई र कार्यालयको सेवा प्रभावलाई सहज र प्रभावकारी बनाउने गरि अभियानहरुलाई जोड दिईएको देवदहका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।
बर्दघाट नगरपालिकाबाट सरुवा भएर हाजिर हुने वित्तिकै सरसफाई र राजश्व वृद्धि गर्न मिसन स्रोत परिचालन गरि दुई मुख्य अभियानको घोषणा गरिएको उनले बताए । आफूलाई अभियन्ता भन्न रुचाउने सापकोटा हरेक पालिकामा नया ढंगबाट काम गर्न रुचाउछन । सबै जनप्रतिनिधि र कर्मचारी मिलेर अभियानमुखी कार्य थाल्नुपर्ने उनको सुझाव छ । ‘यसले स्थानियबासी र संघसस्था समेतलाई आकर्षित हुनेछन् ।’—उनले भने । विकासको मुल प्रवाहमा सबै जनता मिलेर काम नगरेसम्म सरकारले मात्र विकास गरेर सम्भवन नहुने उनको अनुभव छ ।
अहिले कार्यालय परिसर सफा चिटिक्क बनेको छ भने कार्यालयसम्म आउने सबै बाटा घाटामा रहेका झाडी सफाई गरिनुका साथै बाटोमा रहेका स–सानो खाल्टाखुल्टी पुरिने कार्य पनि भई रहेका छन् । यसमा स्थानिय संघसस्थाको सहभागी हुदै गएका छन् । उनले गाउपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी विच अन्तक्र्रिया चलाइसकेका छन् ।
स्थानीय तहको आम्दानी बढाउने उपाय, शाखागत र वडागत आधारमा राजस्वको लक्ष्य निर्धारण गर्ने, राजस्व प्रणालीलाई सवल र सक्षम बनाउने रणनीति, आन्तरिक राजस्व लक्ष्य भेटाउनको लागि मासिक कार्ययोजना निर्माण गरी नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने उपाय, निस्सा नम्बरका आधारमा कच्चि जग्गामा निर्माण भएका घर र जग्गालाई समेत करको दायरामा ल्याउने । कच्चि जग्गामा निर्माण भएका घरहरूको समेत अभिलेखिकरण गर्ने लगायतका विषयमा अन्तक्रिया र छलफल सम्पन्न भएको छ । एक बर्ष भित्रको अवधिमा उनले वर्दघाट नगरपालिकामा विभिन्न १० अभियान संचालन गरेका थिए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी