ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
सन्दर्भः १६ औँ पुस्तकालय दिवस

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’

पुस्तकालय विकासलाई मूलप्रवाहीकरण गर्न आवश्यक
१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार
परिचयः
पुस्तक +आलय मिलेर पुस्तकालय शब्द बन्छ । पुस्तक भन्नाले लिपिबद्ध वा छापिएका सामग्री भन्ने बुझिन्छ भने आलय भन्नाले घर, भवन वा स्थान । यसरी सामान्य अर्थमा पुस्तकालय भन्नाले पुस्तक राख्ने घर भन्ने बुझिन्छ । खास अर्थमा पुस्तकालय हुनका लागि पुस्तक तथा अन्य सामग्री, व्यवस्थापन र पाठक हुनुपर्दछ । पुस्तक तथा अन्य सूचनामुलक सामग्रीको संकलन, संरक्षण र व्यवस्थापन गरी सबै प्रकारमा पाठकले आवश्यक समयमा प्रयोग गर्न मिल्ने प्रणाली भएको स्थानलाई पुस्तकालय भनिन्छ । पुस्तकालयमा पुस्तक मात्र नभएर पत्रपत्रिका तथा डिजिटल सामग्री तथा विचार, भावना, अनुभव, दर्शन र सिद्धान्तमा आधारित पठन सामग्रीहरू  हुन्छन् । पुस्तकालयको लक्ष्य पाठकलाई ज्ञान, सिप, धारणा रसूचना प्रदान गरी पठन संस्कृतिको विकास गर्नु हो ।
नेपालमा पुस्तकालयको इतिहास :
मल्लकालमा  धर्मशास्त्र, व्याकरण तथा दर्शनका किताब, ताम्रपत्र र भोजपत्रहरू विभिन्न मठ, मन्दिर, गुम्बा र चैत्यहरूमा राख्ने गरेको पाइन्छ । नेपाल एकीकरणको समयमा गोरखा, नुवाकोट, भक्तपुर, ललितपुरलगायतका स्थानबाट विभिन्न हस्तलिखित सामग्री हनुमान ढोकामा ल्याएर राखिको इतिहास छ । तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले १८६९ भाद्र १५ गते उक्त संग्रहित सामग्रीलाई संरक्षण गर्न पुस्तकालयबारे नीति–नियम बनाई पुस्तक चिताइ तहविलमा लालमोहर लगाएपछि नेपालमा औपचारिक रूपमा पुस्तकालय स्थापना भएको मानिन्छ (दाहाल, २०१९) । उक्त लालमोहरमा पुस्तकको संरक्षण गर्नु, बिना हुकुम कसैलाई नदिनु, पुस्तकालयको खाता पुस्तकाध्यक्षको जिम्मा दिनु भन्ने खालका नियम बनाएका  थिए ।
१९०४ सालमा हनुमान ढोकाका पुस्तक जङ्गबहादुर राणाले थापथलीमा सारेको, १९१० मा वीरशमसेरले थापाथलीबाट दरबार स्कुलको बुइगलमा सारेको, १९९७ मा बीर पुस्तकालय स्थापना भएको, १९९३ तिर पाल्पामा पुस्तक पढ्ने दलानको सुरुवात भइ एक वर्षमै बन्द भएको, सोही वर्ष तौलिहवामा पशुपतिप्रसाद पुस्तकालय स्थापना भएकोलगायतको इतिहास रहेको छ । २००३ देखि ०४ सालसम्म शारदा पुस्तकालय (पाटन), प्रदीप्त पुस्तकालय (काठमाडौं), आदर्श पुस्तकालय (विराटनगर), धवल पुस्तकालय (पाल्पा), महावीर पुस्तकालय (बुटवल), सार्वजनिक विद्याभवन पुस्तकालय (धरान) आदि पुस्तकालयहरू स्थापना भएको पाइन्छ । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि भने पुस्तकालयको संख्यामा उलेख्य वृद्धि भएको पाइन्छ । २०१३ सालमा राजगुरु हेमराज पाण्डेको निजी पुस्तकालयमा भएका ३४ हजार २ सय ५२ पुस्तक खरीद गरी सिंहदरवारको सिक्री ढोकामा राखी राष्ट्रिय पुस्तकालयको स्थापना ग¥यो । २०१९ सालमा त्रिभुवन विश्वविद्यालयमा  पुस्तकालय स्थापना भएको थियो ।
नेपालमा पुस्तकालयको अवस्था :
नेपालमा कति वटा पुस्तकालयहरु छन् अथवा चलिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन । सन २०२० मा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र READ नेपालले गरेको सर्बेक्षणमा २२७ सार्बजनिक तथा सामुदायिक पुस्तकालयले भाग लिएका छन् ।रुम टु रिडले सन २०२२ सम्म ४७४२ बिद्यालय पुस्तकालय बनाउन सहयोग गरेको जनाएको छ ।नेपालमा राष्ट्रिय पुस्तकालय, सार्वजनिक पुस्तकालय, शैक्षिक पुस्तकालय र विशेष पुस्तकालयहरू सञ्चालनमा छन् । नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा रहेको छ । हाल यहाँ १ लाख ५० हजार पुस्तक तथा पत्रपत्रिका छन् । केशर पुस्तकालय (२०२६), मदन पुरस्कार पुस्तकालय (२०१३), डिल्लीरमण रेग्मी पुस्तकालय (२०३७), प्रभात पुस्तकालय (पाटन), किरण पुस्तकालय (गुल्मी), लेखनाथ पुस्तकालय (झापा), देवकोटा पुस्तकालय (जुम्ला) आदि नेपालका केही सार्बजनिक पुस्तकालय हुन् ।
शैक्षिक पुस्तकालयका रूपमा विद्यालय पुस्तकालय, महाविद्यालय वा क्याम्पस पुस्तकालय र विश्वविद्यालाय पुस्तकालयहरू रहेका छन् । विशेष पुस्तकालयका रूपमा कृषि पुस्तकालय, वन विज्ञान पुस्तकालय, इन्जिनियरिङ पुस्तकालय, चिकित्सा विज्ञान पुस्तकालय, टेलिभिजन पुस्तकालय आदि बिशेष प्रयोजनका लागि खोलिएका पुस्तकालय हुन् । विभिन्न संघसंस्था तथा रुम टु रिड, रिड नेपाल, द लाइब्रेरी फाउन्डेशनलगायत संस्थाहरूले पनि विभिन्न शैक्षिक तथा सार्वजनिक पुस्तकालयहरू स्थापना गर्न मद्दत गरेका छन् ।
पुस्तकालय सम्बन्धी नीतिगत व्यवस्था :
नेपालमा पुस्तकालयको विकास धेरै पहिलेदेखि भएता पनि यसको विकास, विस्तार तथा व्यवस्थापनमा स्पष्ट नीति तथा कार्यव्रmम बन्न सकेका छैनन् । २०६४ सालमा पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति पारित गरिएको थियो । २०६९ मा पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका पनि जारी गरिएको छ । २०७४ सालमा सार्वजनिक÷सामुदायिक पुस्तकालय अनुदान कार्यविधि जारी गरिको छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ (परिच्छेद ३ ज १९, २०) गाउँपालिका तथा नगरपालिका अधिकार क्षेत्र अन्तर्गत स्थानीय पुस्तकालय तथा वाचनालयको संचालन र व्यवस्थापन गर्ने र माध्यमिक तहसम्मको शैक्षिक व्रिmयाकलापको समन्वय र नियमन गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ (१०.७.२.) मा सबै  आधारभूत विद्यालयमा भवन, कक्षाकोठा, फर्निचर, प्रयोगशाला, शौचालय, पानी, पुस्तकालय, बुक कर्नर जस्ता भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरिनेछ भन्ने उल्लेख छ । (१०.२६.५.)
आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भ सामग्रीसहितका पुस्तकालय स्थापना गरिनेछ भन्ने उल्लेख छ । विद्यालय क्षेत्र सुधार योजनाले विद्यालयमा हुनै पर्ने ५ वटा न्युनतम अवस्था (PMECs) मध्ये प्रत्येक कक्षामा एक पुस्तकालय कुना तोकेको छ ।
पुस्तकालयको महत्व :
पुस्तकालय ज्ञानको भन्डार हो ।यसले जुनसुकै उमेर र अवस्थाका पाठकलाइ आफूले चाहेको ज्ञान, सिप र धारणा वृद्धि गर्न मद्दत गर्छ । प्रारम्भिक उमेरका बालबालिकाले  पुस्तकालयको प्रयोग गर्न सकेमा उनीहरूमा सानै उमेरमा साक्षरताका साथै भाषिक सिप, पठन सिप र पढ्ने बानी विकास भई असल र जीवनपर्यन्त पाठक बन्न सक्छन् । बिद्यालय तहका बालबालिकाले पुस्तकालयको प्रयोग गर्दा उनीहरूमा वौद्धिक विकासका साथै सिर्जनशीलतामा थप सहयोग पुग्छ । खोज, अनुसन्धान, अन्वेषण जस्ता वौद्धिक कामका लागि पनि पुस्तकालय नभइ हुँदैन । सामुदायिक तथा सार्बजनिक पुस्तकालयहरुले मानिसहरुको चेतनास्तरमा बृद्धि गर्न ठुलो मदत गर्दछ । बिशेष पुस्तकालयले पेशा, व्यवसायलाई प्रभावकारी बनाउन सघाउँछन् । आफ्नो कार्यक्षेत्रको विकास गर्नपनि मद्दत गर्दछन् । यसरी सभ्य समाज निर्माण गर्दै देशमा दक्ष जनशक्तिउत्पादनमा पुस्तकालयको ठुलो महत्व छ ।
पुस्तकालय व्यवस्थापन र प्रयोगः 
पुस्तकालयमा सामग्री भएर मात्र हुँदैन, यसलाई सही ढङगले ब्यबस्थापन र प्रयोग गर्नु आवश्यक छ ।  पुस्तकालय व्यवस्थापन गर्दा सामान्यतया दर्ता, वर्गीकरण, अन्तिम प्रव्रिmया र तखतामा राख्ने र सूचीकरण गर्ने आदि पर्दछन् । पुस्तकालय व्यवस्थापन गर्दा विभिन्न तरिका अपनाउन सकिन्छ । Deway decimal classification (DCC), Integrated library management system (ILS), Library management software, GROWBY system आदि केही प्रचलित पुस्तकालय व्यवस्थापन गर्ने तरिका हुन् । पुस्तकालय व्यवस्थापनको सन्दर्भमा भारतीय विद्वान एस. आर. रंगनाथनले पाँचवटा नियम प्रतिपादन गरेका छन् । १. पुस्तक प्रयोगका लागि हुन २. प्रत्येक पाठकका आफ्नै पुस्तक हुन्छन ३. प्रत्येक पुस्तकका आफ्नै पाठक हुनछन ४. पाठकको समय बचाउछ ५. पुस्तकालय निरन्तर वृद्धि हुने संस्था हो । (पुस्तकालय व्यवस्थापन सहजकर्ता निर्देशिका, रुम टु रिड)
पुस्तकालयको प्रयोग पनि विभिन्न तरिकाले गर्न सकिन्छ । आपूmले चाहेको सामग्री एक्लै पढ्ने, किताबको समीक्षा गर्ने, जोडी पठन गर्ने, सँगसँगै पठन गर्ने, पुस्तकालयमा भएका किताब घरमा लगेर पढ्ने, खोज अनुसन्धान गरेका सामग्री पढ्ने, डिजिटल पुस्तकालयबाट किताब तथा सूचना डाउनलोड गरेर पढ्ने जस्ता व्रिm्रयाकलाप गरेर पुस्तकालयको प्रयोग गर्न सकिन्छ । पाठकले आफ्नो दैनिक वा साप्ताहिक कार्यतालिका बनाएर  पुस्तकालयको प्रयोग गर्दछन् । पुस्तकालय प्रयोग गरेपछि उचित अभिलेखिकरण गर्नु पर्दछ ।
सोह्रौ पुस्तकालय दिवस २०८०ः
१८६९ भदौ १५ गते गिर्वाणयुद्धविक्रम शाहले “पुस्तक चिताही तवहिल”मा लालमोहर लगाएको दिनलाइ सम्झेर २०६५ भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो । २०८० साल भदौ १५ गते सोह्रौँ पुस्तकालय दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ । यस वर्षको पुस्तकालय दिवसको नारा “पुस्ताँै पुस्ताका लागि पुस्तकालय” रहेको छ । पुस्तकालय प्रयोगमा रुची जगाउने, पठन संस्कृतिको विकास गर्ने र सूचना एवम् ज्ञानमा आधारित समाजका लागि वातावरण सिर्जना गर्ने, विभिन्न शिक्षण सिकाइ सम्बद्ध क्रियाकलापमा पुस्तकालयको उपयोगको बानीको विकास गर्ने प्रमुख उद्देश्यले सोह्रौ पुस्तकालय दिवस मनाउन थालिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसका लागि केन्द्रमा एक मूल समारोह समिति र स्थानीय तथा प्रदेश स्तरमा पुस्तकालय दिवस समारोह समिति गठन भइसकेका छन् । सबै विद्यालय, विश्वविद्यालय, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय सरकार तथा गैरसरकारी संघसंस्थालाई भव्यताका साथ पुस्तकालय दिवस मनाउन सरकारले आव्हान गरेको छ ।
पुस्तकालय दिवस बिभिन्न तरिकाले मनाउन सकिन्छ । पुस्तकालयको आवश्यकता र महत्व सम्बन्धी सरोकारवालाको बृहत् छलफल गर्न सकिन्छ । सबै काम छोडी पुस्तक पढौं अभियान गर्ने,  घुम्ती पुस्तकालय चौतारी पुस्तकालय तथा कक्षा पुस्तकालयबाट पुस्तकहरु पढ्ने, वक्तृत्वकला, निबन्ध, पुस्तक लोकार्पण, पुस्तक चर्चा, कथा पठन प्रतियोगिता, पुस्तक विवेचना जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गर्ने उत्कृष्ट पाठक पुस्तकालय ÷पुस्तकालय प्रेमी तथा पठन संस्कृति प्रवद्र्धनका अभियान्ता सम्मान कार्यक्रम गर्ने, नयाँ पुस्तकालय उद्घाटन तथा पुस्तक उपहार दिने जस्ता व्रिmयाकलाप गरेर समुदायमा, विद्यालयमा, विश्वविद्यालयमा, स्थानीय तहमा, जिल्ला, प्रदेश र केन्द्रमा पुस्तकालय दिवस मनाउन सकिन्छ ।
पुस्तकालय बिकासका समस्या र सरोकारवालाको भूमिकाः
नेपालमा पुस्कतकालयको थालनी  भएको लामो समय भइ सक्दा पनि राम्रोसँग विकास हुन सकेको छैन । नेपालमा २०६४ सालमा पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति आएपनि प्रभावकारी कार्यान्वयन हुन सकेन । देश संघीयतामा गएसँगै संघीयताको मर्मअनुसार पुस्तकालय नीति आउनु सकेको छैन । नेपाल सरकारको वार्षिक नीति तथा कार्यव्रmममा पुस्तकालयसम्बन्धी कार्यव्रmहरू पर्देनन् । जसले गर्दा पुस्तकालयको विकास र पहुँच सबै आम नागरिक स्तरमा पुग्न सकेको छैन । स्थानीय सरकार संचालन ऐनले स्थानीय स्तरमा पुस्तकालय तथा वाचनालय खोल्ने अधिकार दिएपनि, नीति, कायव्रm्रम तथा बजेटमा समावेश गरिएको पाइँदैन । पुस्तकालय दिवसमा नारा अनुसार पुस्तकालय विकासका लागि कार्यव्रmम बनाएर नारालाई मुर्तरूप दिन सकेको छैन । देशका दुरदराजमा रहेका विद्यालय, समुदाय तथा क्याम्पसमा पुस्तकालय कस्तो हुन्छ भन्नेसम्म थाहा छैन । कति बिद्यार्थी तथा समुदायका मानिसहरु पुस्तकालयको पहुँचमा छन् भन्ने सम्म यकिन तथ्याङ्क समेत छैन । भएका पुस्तकालयहरुको पनि उचित ब्यवस्थापन नहुँदा प्रयोग बिहिन भएका छन्m धमाधम बन्द हुने गरेका छन ।
पुस्तकालय हरेक पाठकका लागि नभइ नहुने कुरा हो । पुस्तकालय सुरु भएको  लामो समय भइसके पनि पुस्तकालयको विकास भएको छैन । सर्वप्रथम त सरकारले संघीयताको मर्म अनुरुप पुस्तकालय नीति ल्याउनु पर्दछ । पुस्तकालय विकासलाई महत्व दिएर मूलप्रवाहीकरण गर्नु जरुरी छ । स्थानीय सरकारले आफ्नो  अधिकार क्षेत्रअनुसार समुदाय तथा बिद्यालयमा पुस्तकालय स्थापना गर्न नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्दछ । सरकारले एक विद्यालय एक पुस्तकालय, एक स्थानीय तह एक पुस्तकालय, एक कक्षा एक पुस्तकालय कुना जस्ता कार्यव्रmम अघि सारेका कार्यक्रमहरुको उचित कार्यान्वयन गर्नु आबश्यक छ । छापा सामग्रीको साथै डिजिटल सामग्रीको प्रवद्र्धन गरी समुदाय तथा बिद्यालयमा पुस्तकालय खोल्ने गरी कार्यक्रम बनाउनु आबश्यक छ । सरकारी तथा गैरसरकारी संस्थाहरुले पुस्तकालय बिकासमा  गरेको कामलाई सरकारको प्रणालीमा एकीकृत गरी पुस्तकालय नीति बनाएर सबै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले नीति, कार्यव्रmम र बजेटमा राखी मूलप्रवाहीकरण गर्न सके पुस्तकालयको माध्यमबाट सूचना एवम् ज्ञानमा आधारित सभ्य समाज बनाउन सकिन्छ ।
(लेखक रुम टु रिड सल्यानका वरिष्ठ अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?