© २०२३
विद्यालय र पुस्तकालय एक अर्काका पुरक हुन् । विद्यालयले ज्ञानको गोरेटेो कोर्ने काम गर्छ भने पुस्तकालयले सो गोरटोलाई विस्तार गरी ज्ञानको राजमार्ग वनाउन सघाउँछ । पुस्तकालय वन्धनमुक्त विशाल विद्यालय हो जसले वन्धनमुक्त ढंगले ज्ञान उपलव्ध गराउँछ । कक्षा कोठामा प्राप्त ज्ञानलाई विस्तृतीकरण गर्न, विषयवस्तुको तुलनात्मक अध्ययन गर्न, नयाँ विचार र सिद्धान्तको आविष्कार गर्न तथा सूचना एवं जानकारीहरु प्राप्त गर्न पुस्तकालयलाई सवभन्दा उपयुक्त र प्रभावकारी स्थल मानिन्छ ।
उच्च शिक्षामा मात्र नभएर विद्यालय तहका शिक्षक र विद्यार्थी दुवैको लागि पुस्तकालय अति नै आवश्यक छ । शिक्षकहरु यथास्थितिवादी र विषयवस्तु प्रतिको ज्ञानमा दुरुस्त नहुनु अनि विद्यार्र्थीहरु कक्षाकोठाको पढाई र पाठ्यपुस्तकमा मात्र सीमित रहनु अहिले नेपालको विद्यालय तहको शिक्षा कमजोर हुनुको कारण मानिन्छ । पुस्तकालयको प्रयोग भएमा शिक्षकहरुले विषयवस्तुहरु संग सम्वन्धित नयाँ सिद्धान्त, ज्ञान र जानकारीहरु प्राप्त गर्ने अवसर पाउँछन् जसले गर्दा अध्यापनमा वास्तुगतता र सिर्जनशीलता आउँछ । विद्यालयमा शिक्षकहरुले पुस्तकालय प्रयोग गरेमा उनीहरुको ज्ञान, सिप र धारणामा ताजापन आउँछ र यसवाट पठनपाठन प्रभावकारी हुनुको साथै विद्यार्र्थीहरुले नविन विषय र जानकारीहरु सिक्न पाउँछन् ।
कतिपय हिमाली र पहाडी जिल्लामा त पाठ्यपुस्तक किन्न नपाउँदै परीक्षा दिनुपर्ने अवस्था पनि छ । विद्यालयमा पुस्तकालय हुने हो भने आलोपालो भएपनि विद्यार्र्थीहरुले पाठ्यपुस्तक पढ्न पाउन सक्छन । विद्यार्र्थीहरुले विद्यालयको पुस्तकालय उपयोग गर्न पाएमा शैक्षिक गुणस्तर वृद्धि र उनीहरुको व्यक्तिगत विकासमा प्रत्यक्ष फाईदा पुग्नेछ । पुस्तकालयले विद्यार्र्थीहरुमा पढ्ने वानी मात्र वस्दैन, उनीहरुमा नयाँ विषयवस्तुको खोजी गर्ने जिज्ञासुपन र सिर्जनाशीलताको समेत विकास हुन्छ । पुस्तकालय जाने र पुस्तक तथा पत्रपत्रिका पढ्ने वानीको विकास भएमा वालवालिकाहरु वाहिर वरालिने र कुलतमा लाग्ने सम्भावना न्यून हुन्छ । यी सवै उपलव्धिले विद्यार्थीहरुको समग्र ज्ञान, चेतना र शैक्षिक स्तरलाई माथि उकास्छ ।
नेपालमा विद्यालय शिक्षाको १७० वर्षे ईतिहास भएपनि विद्यालय पुस्तकालयको अवधारणा आएको धेरै भएको छैन । पञ्चायती व्यवस्थामा जाँगरिला शिक्षक भएका केही साधन श्रोत सम्पन्न विद्यालयहरुले सानै भएपनि पुस्तकालय वनाएको पाईन्छ । विद्यालयका यस्ता पुस्तकालयहरू शिक्षकको मात्र पहुँचमा थिए । आफ्नै विद्यालयमा भएपनि विद्यार्थीहरुले त्यस्ता पुस्तकालयको उपयोग गर्ने अवसर भने मुस्किलले पाउँथे । वि. सं. २०५० को दशक यता भने हरेक विद्यालयमा पुस्तकालय खोल्ने लहर चलेको छ । रुम टु रिड, रिड नेपाल र शिक्षा विभाग जस्ता संस्थाहरुको आर्थिक, भौतिक र प्राविधिक सहयोग पाएकोले सुगम क्षेत्रका विद्यालयहरुले सानै भएपनि पुस्तकालय स्थापना गरेका छन् । विद्यालय सुधार योजनामा पुस्तकालय पनि समावेश हुन थालेको छ । शिक्षा क्षेत्रमा यसलई राम्रो उपलव्धि मान्नुपछ ।
नेपालमा अहिले विद्यालयहरुमा पुस्तकालय विकास राम्रै संग भैरहेपनि ती पुस्तकालयहरू विद्यार्र्थीहरुदेखि टाढै रहेको देखिन्छ । उच्च माध्यमिक तह संचालन भएका विद्यालयमा वाहेक अरु विद्यालयमा पुस्तकालय छ भन्ने कुरा त्यहाँ पढ्ने धेरै विद्यार्थीहरुलाई थाहै हँुदैन । कसैलाई देखाउन पर्यो भने मात्र कहिलेकाहीं खुल्ने र अरु वेलामा वन्द रहने कारणले गर्दा विद्यार्र्थीहरुले चाहेर पनि पुस्तकालय प्रयोग गर्न पाउदैनन् । राम्रा कहलिएका विद्यालयहरुमा पनि प्राथमिक तहका विद्यार्र्थीहरुले कहिलेकाही वालकथा र चित्रकथा पढ्ने अनि उच्च माध्यमिक तहका विद्यार्थीैहरुले कोर्सका पुस्तक लैजाने वाहेक अरु रुपमा पुस्तकालयको प्रयोग हुने गरेको देखिदैन ।
पुस्तकालय भएपनि पुस्तकालयको उचित व्यवस्थापन र पुस्तकालय प्रयोग सम्वन्धी उत्प्रेरणाको कमीले गर्दा नेपालका विद्यालयाहरु का पुस्तकालयहरू लक्षित समुहको पहुँच भन्दा वाहिर छन् । धेरै विद्यालयमा छुट्टै पुस्तकालय नवनाई प्र. अ.कक्ष, शिक्षक कक्ष वा अन्य प्रशासनिक कक्ष भित्रै सानो भागलाई पुस्तकालय वनाइएको हुन्छ, जहाँ विद्यार्थीहरुको पहुँच सम्भव हुदैन । केही विद्यालयहरुले छुट्टै पुस्तकालय कक्ष त वनाएका हुन्छन् तर त्यहाँ पुस्तकहरु दराजमा वन्द गरेर राखिन्छ । पुस्तकालयमा कर्मचारीको व्यवस्था नहुने र खुल्ने ठेगान पनि नहुने भएकाले विद्यार्र्थीहरुले चाहेको समयमा पुस्तकालयमा वसेर पढ्न र पुस्तक लैजान पाउँदैनन् ।
सवैजसो ठाउँका विद्यालयहरुमा शिक्षक र अभिभावकहरुले विद्यार्थीहरुले पाठ्यपुस्तक नै पढ्ने कुरालई प्राथमिकता दिन्छन् । पढाईको स्तर सुधार्न पुस्तकालयमा रहेका वाहिरी पुस्तक, पत्रपत्रिका र अन्य सन्दर्भ सामग्रीको अध्ययन गर्नु पर्छ भन्ने कुरा विद्यार्थीहरुलाई सिकाईएकै हुँदैन । जसले गर्दा विद्यार्र्थीहरुले पुस्तकालयमा गएर पढ्नु भएको मनोरन्जन गर्नु वा टाइम पास गर्नु हो भन्ने ठान्छन् र पुस्तकालय जानै चाहँदैनन् । सहरी क्षेत्रका केही विद्यालयका पुस्तकालयहरू व्यवस्थित र नियमित भएपनि ती पुस्तकालयहरुमा विद्यार्थीको रुची, आवश्यकता, क्षमता र सामाजिक परिवेश सुहाउँदा पुस्तक, पत्रपत्रिका र सन्दर्भ सामग्रीहरु नभएको कारणले विद्यार्थीहरुले पुस्तकालयको उपयोग गर्न नचाहेको देखिन्छ । धेरैजसो विद्यालयका पुस्तकालयहरू अर्कैले वनाइदिएका हुनाले त्यहाँ दाताको इच्छा र स्वार्थ अनुसारका पुस्तकहरु राखिएको हुन्छ ९उदाहरणको लगि रुम टु रिड ले शुरुमा वनाइदिएका पुस्तकालयहरुमा अमेरिकी र युरोपेली विद्यार्र्थीको लगि उपयुक्त पुस्तकहरु दिईएको थियो) दाताले जवर्जस्ती भिडाएका यस्ता पुस्तकहरु विद्यार्र्थी र शिक्षकहरुको लागि उपयोगी हँुदैनन् । त्यस्तै प्रायजसो विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरुको रुची अनुसारका पुस्तक र पत्रपत्रिकाहरु राखिएको हुन्छ । यस्ता सामग्रीहरु विद्यार्थीहरुका लगि रुचीपूर्ण हँुदैनन् जसले गर्दा उनीहरु पुस्तकालय जान चाहँदैनन् ।
अहिले नेपालका विद्यालयमा पुस्तकालय नहुनु जत्तिकै ठुलो समस्या विद्यार्र्र्र्थीहरुले पुस्तकालय प्रयोग गर्न नपाउनु पनि हो । अहिलेकै अवस्थामा पुस्तकालय व्यवस्थापन गर्ने हो भने जति विद्यालयमा पुस्तकालय स्थापना भएपनि विद्यार्थीहरुले त्यसको प्रयोग गर्न पाउने देखिदैन । विद्यालयका पुस्तकालयहरुलाई उपलव्धिमुलक वनाउनको लागि विद्यार्र्थी मैत्री ढंगले पुस्तकालय व्यवस्थापन गर्नु पर्छ । विद्यार्र्थीहरुलाई पुस्तकालय जाने वातावरण मिलाउने काम शिक्षकहरुले नै गर्नु पर्छ । शिक्षकहरुले पठनपाठन गर्दा पाठ्यपुस्तकलाई भन्दा सन्दर्भ सामग्रीको तुलनात्मक अध्ययनलाई वढी जोड दिनु पर्छ । विद्यालयमा छुट्टै पुस्तकालय कक्ष र अध्ययन कक्षको व्यवस्था गर्नु पर्छ र पुस्तकालयमा विद्यार्र्थीहरुको रुची, क्षमता, आवश्यकता र परिवेश सुहाउँदा पुस्तक, पत्रपत्रिका र सन्दर्भ सामग्रीहरुको व्यवस्था गर्नु पर्छ । पठनपाठन हुने समय वाहेक अन्य समयमा पनि पुस्तकालय खुल्ला राख्ने र उनीहरुको लागि पुस्तकालय जाने घण्टीको व्यवस्था भएमा विद्यार्र्थीहरु पुस्तकालय जान र त्यहाँ वसेर पढ्ने अवसर पाउँछन् । विद्यालयलाई कुनै अतिरिक्त भार नपारी विद्यार्र्थी मैत्री ढंगले पुस्तकालय संचालन गर्न सकिन्छ । यसको लागि पुस्तकालय व्यवस्थापनमा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्छ । आलोपालो गरी विद्यार्थीहरुलाई पुस्तकालयको निर्माण, व्यवस्थापन र संचालनमा जिम्मेवार वनाउन सकियो भने उनीहरुमा पुस्तकालय प्रति आफ्नोपनको महसुस हुनुको साथै उनीहरुमा नेतृत्व सिप र पुस्तक पढ्ने वानीको पनि विकास हुन्छ, जसले उनीहरुको आचरण र शैक्षिक स्तरमा ठुलो उन्नति हुन सक्छ ।