© २०२३
नेपालगञ्ज, १४ भदौ
परम्परागत साँस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार नेपालगन्जमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगन्जमा सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो ।
बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीले बताए । साउन शुक्ल पुर्णिमाको पछिल्लो प्रतिपदा तिथिमा नेवाः समुदायले पछिल्लो वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा सापारु जात्रा गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।
नेवाः पुचः बाँकेका अध्यक्ष जितेन्द्र जोशीले यसवर्ष नेपालगन्जका १६ जना दिवंगतको घर परिवारबाट गाईजात्रा निकालिएको जानकारी दिए । स्थानीय भेरी स्कुल धम्बोझीमा भेल भएका यस वर्ष मृत्यु भएका मृतकका परिवार र आफन्तहरुले बिभिन्न प्रतिकात्कम पहिरनमा धम्बोझी, पुस्पलाल चोक, बसपार्करोड, न्यूरोड हुँदै बागेश्वरी मन्दिर पुगेर सापारु जात्रा सम्पन्न गरिएको थियो ।
बागेश्वरीमा पुगेका सापारुमा संलग्न बालबालिकालाई पुचःको तर्फबाट सगुन दिएर जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका पार्षद एवं वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले बताए । जात्रामा नेवाः समुदायको लाखेनाच प्रदर्शन गरिनुका साथै प्रतिकात्मक तायमचा र बिबिध पहिरनमा सृङ्गारिएका बालबालिकाले पदयात्रा गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी