ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

तुलसीपुरको छिल्लीकोटमा प्याराग्लाइडिङको परीक्षण

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

दाङ, १२ भदौ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा प्याराग्लाइडिङको परीक्षण गरिएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल छिल्लीकोटको गुरुदेवी पैयाँटाकुरा र छिल्लीकोट दरबार क्षेत्रको पहाडबाट आइतबार र सोमबार प्याराग्लाइडिङ परीक्षण गरिएको हो । जीप लाइन निर्माणाधीन अवस्थामै रहेको छिल्लीकोटमा अर्को साहसिक खेल प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।

पाइलट कृष्णबहादुर क्षत्रीले छिल्लीकोटको क्षेत्र भौगोलिक र वातावरणीय हिसाबले उपयुक्त रहेको बताए । उनले व्यावसायिक रुपमा उडान भर्नका लागि पहाडमा उडान स्थल बनाउनुपर्ने बताए । उनले प्याराग्लाइडिङ उडानपछि भित्री सक्राम, स्यालापानी खोला किनार र श्रीचौरमा अवतरण गरिएको हुँदा ती ठाउँहरूका जग्गा दर्ता प्रक्रियाका लागि सम्बन्धित निकायसँग प्रस्ताव राखिने बताए ।

व्यवसायी बाबुराम घिमिरेले परीक्षण सफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायीरुपमा दर्ता गरिने बताए । परीक्षण सफल भएकाले यो स्थान प्याराग्लाइडिङका लागि उपयुक्त भएको बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि त्यहाँको सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएपछि त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका युवा समूहले नयाँ ठाउँको खोजी अन्तर्गत छिल्लीकोटमा परीक्षण उडान गरिएको बताए ।

पोखरामा एउटा उडानको लागि यात्रुले १२ हजारसम्म तिर्नुपर्ने भए पनि दाङमा पहिलो सुरूआत भएको हुँदा त्योभन्दा कम शुल्कमा उडान गर्न सकिने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले आफ्नो वडामा परीक्षण उडानका लागि अनुमति दिएको बताए । त्यस क्षेत्रमा जीप लाइन समेत निर्माणको अन्तिम चरणमा पुगेको र प्याराग्लाइडिङ परीक्षण सफल भएपछि पर्यापर्यटनको क्षेत्रमा नयाँ उर्जा थपिएको बताए ।

उनले परीक्षण सफल भएसँगै त्यहाँको साहसिक खेल पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको बताए । व्यावसायिक रुपमा उडान गर्नका लागि आवश्यक सहयोग गरिने बताए ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले विगतमा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ थर्कोट डाँडामा परीक्षण गरिएको स्मरण गरे । छिल्लीकोटमा गरिएको साहसिक उडान परीक्षणका लागि पालिकाबाटै अनुमति र राजश्व तिरेर काम बढाउनुपर्ने बताए । प्याराग्लाइडिङको परीक्षण उडान भएको देखेर पर्यटक आउने आशामा स्थानीय खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?