Butwal Today

चीनले जारी गर्‍यो नयाँ नक्सा, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी

१२ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, १२ भदौ ।

चीन सरकारले नयाँ नक्सा जारी गरेको छ। अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो।

नयाँ नक्सामा पनि यसअघि झैँ अरुणाचल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण रुपले चीनको भूगोलभित्र समेटिएको छ।

त्यसैगरी, पुराना संस्करणहरुमा झैँ दक्षिण चीन सागरको समग्र क्षेत्र पनि चीनभित्र देखाइएको छ। जसलाई ‘नाइन ड्यास लाइन’ले आफ्नो क्षेत्रभित्र पारेको हो।

ताइवानमाथि पनि आफ्नो दाबी प्रस्तुत गर्न चीनले ‘टेन्थ ड्यास लाइन’ को प्रयोग गरेको छ।

अरुणाचल र अक्साइ चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरमा फिलिपिन्सलगायत मुलुकसँग विमति छ।

केही समयअघि अरुणाचलका केही स्थानको नाम पनि चीनले परिवर्तन गरेको थियो। नयाँ नक्सामा तिनै परिवर्तिन नाम प्रयोग गरिएको छ।

यसपछि चीनले डिजिटल नक्साहरु सार्वजनिक गर्ने जनाइएको छ। एजेन्सी