ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

तिलौराकोट विकासमा उपाध्यक्ष लामाको चासो

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

कपिलवस्तु, ११ भदौ ।

प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) को विकासलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले विशेष चासोका साथ हेरेका छन् । नियुक्त भएपछि शुक्रबार कपिलवस्तुका बुद्धस्थल अवलोकनका लागि आएका उपाध्यक्ष लामाले आइतबार पुनः तिलौराकोट दरवारको अवलोकन गरेका छन् । तिलौराकोट दरबारलाई प्रस्तुतीयोग्य बनाउन आवश्यक रहेको उनले बताए । अहिले झाडी नै झाडी रहेको दरबार क्षेत्रमा झाडी सफाईका लागि उनले पहल शुरु गरेका छन् । तिलौराकोट दरबारमा आउने बुद्धमार्गी र पर्यटकका लागि न्युनतम आधारभुत सुविधा उपलब्ध गराउनु पर्नेमा उनको विशेष चासो छ ।

झाडी सरसफाई गर्नका लागि वर्षा रोकिने बित्तिकै काम अगाडि बढाउन उनले नेपाली सेना सँग समन्वय गरेका छन् । सेनाको जनशक्ति प्रयोग गरि दरबारमा सरसफाई शुरु गर्न उपाध्यक्ष लामाले शमसेर दल गण गोरुसिङ्गेका प्रमुख सेनानी दिलिप घले सँग दरबार क्षेत्रको भ्रमण गर्दै सरसल्लाह गरेका हुन् । कोषले दुई साता पछि नेपाली सेनालाई सरसफाईका लागि आवश्यक जनशक्ति पठाईदिन पत्राचार गर्नेछ ।

कोषको पत्राचार अनुसार मुख्यालयको स्विकृती लिएर गणले सरसफाईका लागि सेनाको टोली खटाउने छ । गणबाट खटिने जनशक्ति सरसफाईको कार्यमा लाग्ने छ भने बाँकी आवश्यक पर्ने सफाईका सामग्री र जनशक्तिका लागि आवश्यक पर्ने खाना खाजाको व्यवस्थापन कोषले गर्नेछ ।

दरबार परिसर सरसफाईपछि बुद्धमार्गी र लामा गुरुहरुले यहाँ आएपछि २०÷२५ स्थानमा लुङ्गदा राख्न मिल्ने गरि दरबार परिसरलाई व्यवस्थापन गरिने छ । तिलौराकोट आउने बुद्धमार्गी र लामाहरुका लागि लुङ्गदा राख्ने र धुप बाल्ने व्यवस्था गर्न, रुखहरु मुनी बस्न मिल्ने काठको संरचना बनाउन आवश्यक रहेको उपाध्यक्ष लामाले बताए ।

त्यसैगरी दरबार परिसर बाहिर एउटा गुम्बा र दरबार भित्र अस्थायी रुपमा बुद्धको मुर्ति राख्न सकिए लामा गुरुहरुलाई प्रशन्नता मिल्ने उनले जानकारी दिए । कोषका सदस्य सचिव सानुराजा शाक्य, परिषद सदस्य गोपीकृष्ण शर्मा, योजना प्रमुख सरोज भट्टराईसँग उपाध्यक्ष लामाले अब तिलौराकोटलाई प्रस्तुतीयोग्य बनाउन र यहाँ आउने बुद्धमार्गीलाई समय व्यतित गर्न मिल्ने गरी संरचना बनाउन आवश्यक रहेको बताए ।

“तिलौराकोटको विकास भन्दा भन्दै धेरैको कार्यकाल बित्यो । हामीले अहिले नै कामहरु अगाडि बढाएनौ भने हाम्रो पनि कार्यकाल त्यसै बित्छ” उनले भने । उपाध्यक्षको तिलौराकोट प्रतिको चासोले तिलौराकोटको विकास सार्थक हुने बिश्वास रहेको तथा स्थानीयको अपेक्षा पुरा हुनेमा आशावादी रहेको कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?