ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

गर्मी मौसम र बर्षादसँगै डेंगुको प्रकोप

१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग बिश्वका धेरै देशमा प्रकोपको रूपमा देखापरेको छ । डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई÷एलबोपिक्टस जातको संक्रमित लामखुट्टको टोकाईबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाईगर मसक्युटो पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समूहका ब्यक्तिहरूलाई पनि लाग्न सक्दछ । डेंगु भाईरस चार प्रजातिका भाईरस DEN-1, DEN-2, DEN-3, DEN-4 गरी चार प्रजातिका डेंगु भाईरसबाट लाग्दछ । एकपटक एउटा प्रकारको डेंगु लागीसकेपछि जीवनभर त्यस्तै प्रकारको डेंगु रोग लाग्दैन तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ । दोस्रोपटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टले आपनो जीवनभर करिब ५०० देखि १००० वटासम्म अण्डा पार्ने गर्दछ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् । यसको अण्डा पानी बिना पनि महिनौंसम्म जीवित रहन सक्दछ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ । डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ । र, त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त ब्यक्ति रोगबाट संक्रमित हुन्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नकाृ लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आफ्नो जीवनयापन गर्दछ ।

लक्षण तथा चिन्हहरू :

.संक्रमणकाल ३ देखि १० दिन ।
. उच्च ज्वरो आउनु । १०२ देखी १०३ डिग्री फरेनहाईट ।
. टाउको दुख्ने, पेट दुख्ने ।
. वाकवाकी लाग्ने ।
. आँखाको गेडी दुख्ने ।
. सम्पूर्ण शरीर वा जोर्नी दुख्ने ।
. रातोरातो बिमिराहरू देखापर्ने ।

सामान्यतयाः ज्वरो आएको ३ देखि ५ दिनपछि समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई दुई प्रतिशतभन्दा कममा झार्न सकिन्छ । खास रोग नभएका तथा सामान्य भन्दा सामान्य विरामी २० देखि ५० प्रतिशत हुन्छन । जसले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यबोझ बढाएको छ । डेंगुको विश्वब्यापी अबस्था भन्नुपर्दा विगत केही दशकदेखि बिश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रूपमा बढ्दै गईरहेको छ । वितेको ५० बर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाईएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन । १२८ भन्दा बढी मुलुकका ३.९ अरब मानिस यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक बर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुका साथै २० हजार भन्दा बढी ब्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा डेंगुको इतिहासः स्तनधारी जीव हुदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ति झण्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलोपटक सन् २००४ मा पहिलो बिरामी बिदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएको थियो । सन् २०१० मा चितवन लगायत रूपन्देही, नवलपरासी आदी जिल्लाहरूमा महामारीको रूपमा फैलिएको हो । देशभरीमा ९१७ केशहरू देखिएको सन् २०१६ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा १५२७ केशहरू देखिएको थियो । सन् २०१७ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा २१११ केशहरू देखिएको थियो । सन् २०१८ मा कास्की, रूपन्देही र चितवन जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरीमा जम्मा ८११ केशहरू देखिएको तथ्याँक छ । सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुर जिल्लामा महामारीको रूपमा फैलिएको थियो । सुनसरीमा मात्र ३२६६ बिरामी पाईएका थिए । सन् २०१९ देखि हालसम्म ४९४६ डेंगुका विरामी भेटिएको बिभिन्न स्रोतबाट थाहा भएको छ । यो रोग बिभिन्न उष्णप्रदेशीय तथा उप उष्णप्रदेशीय भागहरूमा तिब्र गतिमा फैलिएको पाइन्छ ।

रोकथामका उपायः

पानी जम्न सक्ने भाँडाहरू जस्तै : गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रबेश गर्न नदिने गरी ढाकेर राख्नुपर्दछ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने । साथै जम्मा भएको पानी सफा गर्ने । घर वरपरका पानी जम्ने खाल्डाहरू पुरिदिने । घरका नजिकका पानी बग्ने नालीहरूमा बेलाबेलामा मट्टितेल छर्कने गर्नुपर्दछ । बस्तीको वरीपरीका झाडीहरू सफा गर्ने । एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पूरा शरीर छोप्नेगरी कपडाहरू प्रयोग गर्ने । बच्चालाई बाहिर निस्कँदा लामखुट्टे प्रतिरोधात्मक मलमहरू शरीरमा लगाई हिँडाउने । फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नु पर्दछ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । सुत्दा दिउँसो होस या राती झुलको प्रयोग अनिबार्यरूपमा गर्नुपर्दछ ।

नियन्त्रणको प्रयासः

लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नष्ट गर्नका लागी “खोज तथा नष्ट गर” अभियान कार्यक्रम सञ्चालन । डेंगु रोग नियन्त्रण र रोकथामका सम्बन्धमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार, सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिका र अन्य सरोकारवालाहरूलाई अभिमुखिकरण कार्यक्रम । डेंगुरोग नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्रीहरूको उत्पादन तथा बितरण कार्यक्रम । स्वास्थ्य शिक्षा तथा सुचना केन्द्रबाट डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि स्वास्थ्य सुचना प्रशारण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन् । यसमा हामी सबैको सहयोग र अपनत्वको खाँचो पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?