© २०२३
पछाडि बोक्दा ‘हाईट’ भन्दा झोला ठुलो भएर भूईमै छुन्थ्यो, बोक्न नसक्दा बाटोमै कयौ चोटि झोला बिसाएर आरम गरिन्थ्यो । त्यो दिन छुट्यो त्यहि दिन देखि देखिने त्यो झोला भन्दा धेरै नै भारि नदेखिने झोला दिन प्रतिदिनको भारिले गलाउँदै गयो । बाल्यकाल जहाँ कागजकै भएनि डुंगा हुन्थ्यो, सुपिलाकै भएनि पंखा,काठकै भएनि भिरालोमा चल्ने गाडि,कागजकै भए नि धेरै पैसा, त्यति मात्र कहाँ होर निस्वार्थ ति रातदिन रमाईदिने साथि छिनछिमै झगडा गर्दै मिल्ने नजिक हुने साथि, त्यो जिवनको छुट्टै आन्नद न केही पिर न चिन्ता ती मित्रजनहरू कहाँ छन अत्तोपत्तो छै ।
मेरो बाल्याकाल पछिको साथि भनौं या बयस्क जीवनको सबै भन्दा नजिको सहयात्री , त्यो दिन देखि मुहार हाँसोले भित्री हाँसो मर्दै गयो जीन्दगी नै देखावटी महसुस हुँदै गयो दिनहरू बिनायसै बित्दै गए न त समयको दुरूपयोग भयो न त प्रगतीनै भयो जसो–तसो मनको हाँसो लुटिएको देखावटी हाँसोमा जीवन सुरुवात हँुदै गयो ।
जीवनको यात्रामा धेरै साथिहरू भेटिए केहि यात्रामा भेटिए र यात्रा मै छुटिए, केही पूरा गर्दा सम्म रहे केहि अपुरै यात्रा छुटिए, केही दुःखको यात्रामा भेटिए दुःख पछि छुटिए त केही शुःखमा भेटिए तर सुख रहदा सम्म साथ रहे कसैले दुखेको घाउमा मलम पट्टि लगाउदै दुःखको महसुस सम्म गर्ने समय दिएनन सम्झाउदै जीवमा नयाँ साहास उर्जा दिदंै जीवन सहज बनाउने बाटाहरू देखाउँदै गए तर बाध्यताको भुमरिमा रुमलिदै समयको घेराबन्दी बाध्यतामा बदलिन बाध्य भए ।
केहि दुःखेको घाउमा दुखाई थपिदिए केहि देखावटी सम्बन्ध देखाउँदै फाईदाकै लागि नजिकिए र आफ्नो स्वार्थ पूरा हुँदै जादा टाडिन पुगे जो अन्तिम सम्म रहन चाहान्थे ती छोटो तर मीठो सम्झना दिएर जीउन आधार याद दिलाएर टाडिए जसको हरेक यात्रामा खाचो थियो तर ती यात्रा पूरा गर्दा सम्म रहन सकेनन जो साथ रहे तर यात्रामा आभास दिलाउन सकेनन ,जीवन यात्रा नै रहेछ यात्रामा छुटिने र जुटिने एउटा प्रकृतिको नियम नै रहेछ ।
तर छुट्टिनु आफैमा एउटा सुन्दा नराम्रो लागे पनि छुटिनु सबै शब्द सबै ठाउमा खराब हो भनेर नसकिने रहेछ धेरै साथिहरू छुटिन्छन ,विभिन्न कारण आफन्त ईष्ट ,मित्र छुटिने र जुट्ने यो मौसम जस्तै लाग्छ प्राकृतिक नियम नै ।
रहेछ,धेरै देखियो छुटिदा आँसु खसाल्नेहरू र जुटिदा पनि त्यहि आँसु खासाल्ने आखिर के हरेछ र छुट्नु जुट्नुमा फरक त्यहि एउटा आसुको अपमान नै रहेछ । भन्नेहरू नि रुदै बिदाईमा हात हल्लाएको धेरै दखियो र मन बलियो बनाउनु पर्छ भन्दै मनमा भाक्कानो आउदा पनि हासेरै बसियो केहि अध्यानमा छुटिए केही काममा छुटिए केही देशमै हुदा छुटिए केहि हरियो सेतो पानाको पासपोर्टले वर्षौ सम्मको सम्बन्ध क्षेणघरमै छुटाईदियो ती पानाहरू के कति भरिने हुन थाहा छैन तर ती पानाहरू सबै जीवनको अविस्मरणीय बन्दै जाउन ,जीवन हो चक्र चलिरहन्छ त्यो प्रकृतिको प्राकृतिक नियम नै हो ।
जन्मिएको मातृभूमि,त्यो जन्मिएको ठाँउ चट्टकै छोडेर हिड्नमन कस्लाई हुन्छ र तर त्यो चुईने बुकुरो अनि देशमा केही गर्छु भन्दै अतालिदै हिड्दै गर्दाको त्यो पीडा केहि गर्न खोज्दा देशको बदलिंदो राजनितिक अवस्थाले पिरोलिदै ,देशमा माल पाएर चाल नपाएका देशका रानितिक पार्टिका नेता भनौदाहरू युवाहरूलाई देशमै प्रोत्साहन गर्नको साटो रेमिटान्सको दागि देशका कर्मठ युवाहरू युवाहरू दिनप्रतिदिन सत्र सय दैनिकि हिसाबले बेच्दै छन ।
तर ती युवाहरू बयालिस डिग्रिको तातो घाममा पनि छन भन्ने ती एसी लक्जरिएस गाडिमा हिन्नेले बुझ्दैेन बुझ्छन त अनिहरूले रेमिटान्स देशमा कहाँ,कुन ठाँउ बाट कति भित्रियो मात्रै बुझ्छन ,देशको अस्थिर राजनितिकै कारण एउटा बलियो ईतिहासलाई बदनाम गर्दै गोर्खालिको देश भनेर परिचित नामलाई युवाहरू बेच्ने देशको नमाले परिचि बनाउदै छन,मन नभएर होईन गर्न नखोजेर होईन ,ईच्छा नभएर होईन,देशमा स्रोत र साधान नभएको होईन गर्दा गर्दै पनि देशको फेरि रहने व्यावस्था अनि महिना महिनामा परिवर्तन हुने राजनितिक जडले गिजोलिएको देश अनि कर्मचारि तन्त्रको अस्त्रले नै देशमा केही गर्छु भन्ने सुरुवात गर्ने तर बिचैमा अव्यावस्थित तबरले पोलिनु सरकारको अपरिपक्व व्यावस्थाले गर्दा कयौ युवाहरू बिचमै हरियो पासपोर्ट बोकेर अन्तर्राष्ट्रिय बिमास्थलमा लाईन लाग्दै मुटुमा गाठो पारेर आफ्नाहरू सगं हात हाल्लाउदै छुटिन्छन ।
बुटवल रूपन्देही ।