© २०२३
बुटवल, ७ भदौ। विगत साढे ३ वर्षदेखि बुटवलमा फाष्टफुड सेवा दिदै आएको लजिजले कालिकानगरमा सेवा बिस्तार गरेको छ । भारतमा नाम कमाएको लजिजको फ्रेन्चाईची लिएर नेपालमा ब्यवसाय शुरु गरेका संचालक पवन शर्माले बताए । नेपालमा घिमिरे फुड एण्ड बेभरेज लजिज पिजा दर्ता गरि छोटोसमयमा युवामाझ पहिचान बनाउन सफल भएको उनले बताए । बुबा पुनाराम घिमिरे भारतमा ३५ वर्ष सरकारी जागिरमा बिताएको बेला उनी पनि उतराखण्डमा अध्ययन र सीप सिके । अहिले नेपाल फिरेर उनी यसैलाई आफ्नो ब्यवसायका रुपमा अघि बढाएका छन । संचालक पवन शर्माले फास्टफुटको स्पेशल आईटमहरु उपलब्ध हुने बताए ।
स्पेशल पिजा परिकार लक्षित गरिएको रेष्टुरेन्टमा डबल एक्सएल साईजको मेक्सिकन चिजन पिजासहित २२ प्रकारका पिजा उपलब्ध हुने उनले बताए । पिजाबाट शुरु गरेको ब्यावसाय वेकरी, खानाको समेत ब्यवस्था छ । नया गाउमा समेत शुरु गरेका छन । ईण्डियामा रहेको लजिजबाट फ्रेन्चाईजीमा नेपालमा ४ वटा शाखाहरु छन ।
एक समारोहमा बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्धितिय उपाध्यक्ष प्रेम भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सहसचिव अर्जुन पोखरेलले उद्घाटन गरे ।
कार्यक्रममा अध्यक्ष लेखनाथ भण्डारीले पर्यटनको क्षेत्र उकास्ने एउटा महत्वपुर्ण पाटो सेवा उद्योग भएको बताए । सरकारले पर्यटन उकास्न पुर्वाधार निर्माण गर्छ भने नीजि क्षेत्रबाट सेवा उद्योगमार्फत पर्यटकलाई बसाई लम्ब्याउन मद्दत गर्ने उनले बताए । भारतमा लामोसमय सिकेको सीपलाई स्वदेशमा फर्किएर स्वरोजगार उद्योग चलाउदा यसले थप युवाहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । सानोसानो लगानीमा गुणस्तरीय सेवा दिन सके यसले उपभोक्ताको मन जित्ने उनले बताए । लजिज मिल, लजिज पिजा, लजिज बेकरीसमेत शुरु गरेको उनले बताए । उहाबाट होम डेलिभरी समेत राम्रो ब्यवस्थापन छ जहा पाच जना युवाहरु रोजगार पाएका छन ।