© २०२३
बुटवल, ५ भदौ । तिलोत्तमा नगरपालिकास्थित धार्मिक पर्यटकिय स्थल श्रृङ्गेश्वर धाम ब्यवस्थापन समितिलाई सरसफाईका सामग्री तथा कुर्ची सहयोग गरेको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउन र ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले संयुक्त रुपमा सोमबार धाम ब्यवस्थापन समितिलाई सरसफाईका सामानसहित २५ थान कुर्ची सामग्री हस्तान्तरण गरेको हो ।
एक समारोहका बिच रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीका अध्यक्ष दुर्गा आचार्य, निर्वतमान अध्यक्ष भरत राना, पुर्व अध्यक्ष जबिन कक्षपति, बिमल भट्टराई, सहसचिव प्रेमा केसीले धामका अध्यक्ष तथा क्लबका चार्टर सदस्य ऋषि भण्डारीलाई सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष हमालले विगतबाट नै विभिन्न धार्मिक संघसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउदै यसवर्ष धामको माग अनुसार सामान दिईएको बताईन ।
कार्यक्रममा धामका अध्यक्ष भण्डारीले मानव कल्याणको लागि धर्म, संस्कृति र संस्कारको महत्व रहेको भन्दै नया पुस्तामा जागरण ल्याउनुपर्ने बताए । तिलोत्तमामा रहेको धामलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित पुर्वाधार निमार्ण भैरहेको बताए । जहा शिव मन्दिर, १ सय ९ शिवलिङ, विशाल त्रिशुल, हनुमान मन्दिर, जेष्ठ नागरिक उद्यान केन्द्र रहेका छन । साउन महिनामा जलापर्ण गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ भने सोमबार र शनिबार विशेष पुजाआजा हुने गर्दछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी