© २०२३
बुटवल,२ भदौ । अर्घाखाँची जिल्लाको साविक हंसपुर गाबिसबाट रुपन्देही बसोबास गर्ने हंसपुरेहरुको भेलाले नयांं सुदन ज्ञवालीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ। समाजको सल्लाहकार समितिका सदस्यहरु, पुर्व कार्यसमिति सदस्यहरु र समाजका सकृय सदस्यहरुको बिस्तारित भेलाबाट कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा लक्ष्मण पन्थी, सचिव रेशमराज खनाल, कोषाध्यक्ष कृष्ण अधिकारी र सदस्यहरुमा भुवन मरासिनी,वसन्त खड्का, कमल मरासिनी सहित ११ जनाको समिति निर्माण भएको हो। बांकी सदस्यहरु पछि थप गरिने छ ।
सामाजिक उद्देश्य बोकेको हंसपुर सम्पर्क समाजले रुपन्देहीमा हंसपुरेका बिचमा भाइचारा सम्बन्ध बढाइ भावनात्मक एकता कायम राख्ने अध्यक्ष ज्ञवालीले बताए । गर्दछ।
समाजले विभिन्न चाडपर्वहरुमा जमघट हुने र सांस्कृतिक पर्वहरु एक साथ मनाउने साथै भैपरि आउने घटनामा नेतृत्वदायी भुमिका खेल्ने उनले बताए ।