ट्रेंडिंग:

>> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल

गंगामाला मन्दिर सरसफाई, शुक्रबारदेखि खुल्दै

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

सल्यान, ३१ साउन । धार्मिक पर्यटनको महत्वपूर्ण स्थल सल्यान कालिमाटीको गंगामाला भगवति मन्दिरको सरसफाई गरिएको छ । श्रावण महिनाभर बन्द रहने यो मन्दिर शुक्रबार (भदौ १ गते) देखि खुल्दै छ । त्यस अघि मन्दिर परिसर र मन्दिर सम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव सशिराम वलीले जानकारी दिए । कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवति मन्दिरमा देशका विभिन्न स्थानबाट सयौँ मानिसले दर्शन, अवलोकन र पुजाअर्चना गर्दछन् ।

विहिबार मन्दिर व्यवस्थापन समितिको अगुवाईमा ३ नम्बर वडाका जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधी तथा स्थानीयहरुले सरसफाई गरेको वलीले जनाए । पवित्र धार्मिक स्थललाई सफा, सुन्दर बनाउनका लागि रामपुर बजार देखि मन्दिर परिसर सम्मको सिढी र मन्दिर वरिपरी विहान ७ बजेदेखी करिव ९:३० सम्म सरसफाई गरिएको थियो । वडा अध्यक्ष शिव बहादुर खत्री, इप्रका कालिमाटीका प्रहरी सहायक निरिक्षक अक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर खत्री लगाएत प्रहरी, स्थानीय व्यापारि सरसफाइमा सहभागि भएका थिए ।

मन्दिरका पुजारी टोप बहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपु, बाँके, बर्दिया, दांग, प्युठान लगाएत देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । मन्दिरमा पुजाअर्चना संगै बोका, पाठी र कुखुराको बली पनि चढाइन्छ ।

मन्दिरमा वर्षभरी करिव चार हजार बढी बोका, पाठीको बलि चढ्ने गरेको छ । बलि चढाएका टाउका विक्रिबाट र दानपेटीकामा खसेको दान रकम गरेर मन्दिरले वार्षिक १२ देखि १४ लाख रुपैयाँ सम्म आम्दानी गर्नेगरेको समितिका निवर्तमान सचिव वलीले जानकारी दिए । मन्दिरमा पुजा अर्चनाको क्रममा चढाएको भेटी वापतको रकम भने पुजारीले नै लग्नेगरेका छन् ।

कालिमाटी गंगामाला भगवति मन्दिरमा हरेक वर्षको मंशिर महिनामा ठूलो मेला लाग्ने गर्दछ । धान्य पूर्णिमाको अवसरमा त्यस क्षेत्रमा परम्परादेखी मेला लाग्ने गरेको छ । यो मन्दिर हरेक वर्षको साउन महिनामा बन्द रहन्छ । स्थानीय बुढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले यो महिनामा मन्दिर बन्द रहन्छ ।

कालिमाटी गाउँपालिकामा गंगामाला भगवती मन्दिर संगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगाएतका पर्यटकीय एवम् धार्मीक स्थल छन् । पालिका भित्रका धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंग समन्वय भइरहेको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?