© २०२३
काठमाण्डौ, २८ साउन । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भएको तथा धेरै संख्यामा घाईते भएका छन् ।
विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएपछि जनसाधारण क्रुद्ध भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ । भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरू भत्किएका छन् र सयौँ बिस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतिपूर्ण बनेको छ ।
भिडियो सामग्री
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।