ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
विचार

त्रासदीमा पर्दामाथि पर्दा

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

आमालाई अकस्मात सन्चो भएन ।

हिजोसम्म ठीकठाक देखिएकी आमा सास फेर्न धौ भयो भनेर छट्पटिन थालिन् ।
आमालाई सन्चो नहुनु सन्तानहरूका लागि संत्रासको कुरा हो । तिनले हतार हतार पैसा जम्मा गरे । आमालाई अस्पताल लगे । भर्ना गरे । आमाको बारेमा थाहा पाएर प्रियजन र आफन्तहरू पनि अस्पताल पुगे ।
घाँटीमा स्थेटेस्कोप भिरेर सेता एप्रोनले ढाकिएका एक हुल मानिसहरूले घेरिएकी थिइन् आमा । के ती डाक्टरहरू थिए ? ती सबैले एकैचोटि आ–आफ्ना कुराहरू गरिरहेका थिए । त्यहाँ एक किसिमको कोलाहल नै फैलिएको थियो ।
आमाको एक झलक हेरेपछि ती मध्येको नाइकेजस्तो लाग्ने डाक्टरले भन्यो– “यिनको फोक्सोमा कुनै एउटा खराब त्तत्व छ । त्यसलाई अपरेशन गरेर निकाल्नु पर्दछ ।

जेठो छोरालेके सोध्यो –“के तत्व हो त्यो ?“
उसले प्रश्नलाई वेवास्ता गरिदियो । केही जवाफ दिएन । सन्तानहरूले कुनै कुरा अनुमान गर्न सकेनन् । डाक्टरहरू आपसमा कहिले अंग्रेजी जस्तो, कहिले चाइनिज जस्तो त कहिले हिन्दी पो हो कि जस्तो लाग्ने लवजमा कुरा गर्थे । तर तिनको कुरा बुझिदैँन थियो ।
हेर्दा हेर्दै आमालाई अप्रेशन थिएटरको खाटमा सुताइयो । बिहोश पार्न सुई लगाउने एनेस्थेसियन महिला डाक्टर आमाको नजिकै आई । तर अचम्म ! उसँग कुनै सुई वा औषधि थिएन । उसले त आफ्नो छेउमै उभिएको डाक्टरको एप्रोनको गोजीबाट एउटा डटपेन निकाली । डटपेनको नीँब आमाको देब्रे च्यूँदोमा झटका दिएर गाडिदिई । सन्तानहरू हतप्रभ भएर त्यो दृश्य हेर्न बाध्य थिए । डाक्टरहरूको क्रियामा कुनै प्रतिक्रिया व्यक्त गर्न सक्ने तिनको क्षमता थिएन ।

आमा चल्मलाइन । आमाको अनुहार पीडामय देखियो । उनी अपरेशन खाटमा सुतेको सुत्यै बिहोश भइन् ।
सन्तानहरूलाई त्यो दृश्य अलि अपत्यारिलो लाग्यो । कान्छी छोरी हतार हतार डाक्टरहरूका अगाडि गई । अप्रेशनमा व्यस्त हुन थालेका डाक्टरहरूको नजिकै गई उसले सोधी–“डाक्टर साब ! अप्रेशन गर्नु अघि त एक्स रे, भिडियो एक्सरे अनि रगत इत्यादि टेष्ट गर्नु पर्ने होइन ? अप्रेशन गरेर फाल्नु पर्ने चीज कहाँ र कस्तो अवस्थामा छ हेर्नु पर्ने होइन र ?“
डाक्टरहरूले पहिले उसलाई बडो अप्रशन्न मुद्रामा हेरे । अनि हेरे– आफ्नो सिनियर डाक्टरलाई । सिनियर डाक्टरले अचम्म र अपत्यारिलो जवाफ दियो– “त्यो सब गर्नु पर्दैन । त्यो चीज कहाँ अप्रेशनमा देखिन्छ र ! चिरेर हेरेपछि मात्रै खोज्ने हो त्यो फाल्नु पर्ने तत्व । अब तपाईले हामीलाई डिस्टर्ब नगर्नुहोला ।”

नेपथ्यबाट आवाज आयो – बाइ दि वे ! यो बोल्ने को हो ? डाक्टर ?
तर सन्तानहरू हतप्रभ भएर त्यो दृश्य हेर्न बाध्य भए ।
त्यसपछि डाक्टरहरूले हतार हतार आमाको शरीर चिर्न थाले । बडो दक्षतापूर्वक छातीलाई बीचबाट दुई फ्याक गरेर छुट्टयाए । तिनले आमाको मुटु निकाले । कलेजो निकाले । फोक्सो निकाले । ती सबै अंगलाई एक एक गर्दै एउटा टेबुलमा साइड लगाए । आमाको पेटभित्र अब आमाशय र आन्द्रा मात्रै देखियो ।
विद्युत् गतिमा भएका यी गतिविधिहरूले सन्तानहरूका सास माथिको माथि र तलको तलै रहन पुग्यो । आमाको त्यो हालत देखेर ती थप हतप्रभ भए । अवाक भए ।
मानौँ कतै घण्टी बज्यो । अपरेशनमा व्यस्त डाक्टरहरूको नाइकेको अनुहारमा एकाएक एउटा वितृष्णाको लहर आयो र गयो । उसले आफ्ना सहकर्मीहरूलाई विषादपूर्ण भावले हेर्यो ।
सबै डाक्टरहरू अचानक रोकिए । मानौँ एउटा इन्टरबल शुरू भयो । र, सबै डाक्टरहरू लन्च ब्रेकमा हिँडेजस्तो एक एक गर्दै अपरेशन थिएटरबाट कतै हिँडिदिए ।
सन्तानहरू हेरेको हेर्यै भए ।
ठीक त्यही बेला आमालाई दिइएको एनेस्थियाको प्रभाव सकियो । आमा बिस्तारै चल्मलाइन् ।
आमालाई त्यो हालतमा हेरिरहेका सन्तानहरूलाई एकदमै डर लाग्यो । यस्तो अवस्थामा आमा होशमा आइन् भने के होला ? आफ्ना अंगहरू शरीर बाहिर देखिन् भने आमाको प्रतिक्रिया के होला ? मुटु, कलेजो र फोक्सो बिनाको खोक्रो पेटबोधले आमालाई कति दुखाउला ?
आमाले बिस्तारै आँखा खोलिन् । पीडाले रन्थनिएर आमाको आँखामा आँसु भरिइसकेको थियो । सन्तानहरूले आमालाई घेरे । तिनले आमालाई नआत्तिऊ भने । डाक्टरहरू आएर सबै ठीक गरिदिन्छन् भने । जबकि लन्च ब्रेकमा गए जसरी हिँडेका डाक्टरहरू निकै समय बितिसक्दा पनि आइपुगेका थिएनन् ।
के ती आउलान ? के तिनले आमालाई जस्ताको तस्तै पारेर ठीक गर्लान् ?
खासमा तिनले आमालाई ठीक गरिदेलान् भन्ने कुरामा सन्तानहरूको विश्वास हराइसकेको थियो । ती आमाको हालतमा दुःखी थिए । ती निराश थिए । आमालाई अस्पताल ल्याएकोमा ती अपराधबोधले ग्रस्त हुन थालिसकेका थिए ।
धेरैबेर कुर्दा पनि डाक्टरहरू पर्केर आएनन् । सन्तानहरूले आँखा आँखामा कुरा गरे । पीडाले कराइरहेकी आमालाई छोडेर ती डाक्टरहरूको खोजीमा निस्किए ।

सन्तानहरूले डाक्टरहरूलाई खोज्न थाले । खोज्दै जाँदा डाक्टरहरूलाई तिनले अस्पतालको क्यान्टिनमा चिया खाँदै गफिदै गरेको भेटे ।
सन्तानहरूलाई उठ्नु रिस उठ्यो ।
एउटा भयानक आवेश र आक्रोशमा डाक्टरहरूको नजिक पुग्दा नपुग्दै तिनले अपरेशनमा संलग्न मुख्य डाक्टरको आवाज सुने ।
ऊ भनिरहेको थियो – “यस्तो त हुनु नै थियो ! यस्तो ठाउँमा यस्तै हुन्छ । यस्तो अव्यवस्थामा यस्तै हुन्छ । यता बिरामीको अप्रेशन गरिसक्यो, उता सामान खोज्दा छैन । एउटा मात्रै भए पनि त चल्थ्यो नि ! त्यो पनि छैन ।“
“अब के गर्ने त सर !“ जुनियर डाक्टरले सोध्यो ।
“के गर्न सकिन्छ अब ? बस्ने र प्रतिक्षा गर्ने !“ मुख्य डाक्टरले भन्यो ।
डाक्टरको कुरा सुनेर सन्तानहरूको आवेश र आक्रोश हराइगयो । ती मानौँ शिताङ्ग भए । तिनलाई त्यो अस्पताल षडयन्त्रको एउटा गहिरो इनारजस्तो लाग्यो । डाक्टरहरू रहस्यजस्ता ! तिनका गतिविधिहरू इन्द्रजालीको छलजस्ता ।
निराश र पश्चत्तापले ग्रस्त सन्तानहरू त्यसपछि आमा भएको ठाउँतिर हिँडे । आमाकहाँ जाने भनेर हिँडेका ती तर त्यसपछि कहिल्यै आमाकहाँ पुगेनन् ।
तिनको बाटो अन्तै मोडियो । तिनले आमालाई कहिल्यै भेट्न सकेनन् ।
त्रासदीको बहु आयाममा पर्दामाथि पर्दा थपिदैँ गयो ।
यो त्रासदीको पटाक्षेप कहिले हुन्छ ?
कसैलाई थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?