ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

युद्धभूमि युक्रेनबाट शान्ति खोज्दै लुम्बिनी

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल (बुटवलटुडे), २७ साउन– रुस र युक्रेन युद्ध अहिले पनि जारी छ । युद्धको कारण धरासायी हँुदै गएको युक्रेनबाट शान्तीको कामना सहित लुम्बिनी आउने पर्यटकहरूको संख्या समेत बृद्धि भएको पाइएको छ ।आफ्नो देशमा शान्तीको कामना सहित पूजाआजा गर्नको लागि शान्ती भूमि लुम्बिनी आउने पर्यटकहरूको संख्या यो बर्ष वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

युक्रेन रुस युद्धका कारणले पनि शान्ति खोज्दै शान्तिभूमि लुम्बिनी भ्रमणमा आएको पाइएको हो । यसको अलवा लुम्बिनीमा थाईल्याण्ड, श्रीलंका, म्यानमार, साउथ कोरिया र चिन रहेका छन । यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरू लुम्बिनी भ्रमणमा आएका छन । बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकको आवागमन बृद्धि हुँदै गएकाले सन् २०२३ को अन्तिमसम्म २० प्रतिशतसम्म बृद्धि हुनसक्ने अनुमान गरिएको छ ।
बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटक आवागमन बृद्धि हुँदै गएको छ । कोभिड महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा निकै उत्साहजनक रूपमा बृद्धि भएको छ । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरि ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटक लुम्बिनी आएका थिए ।

यो हिसाबले गत वर्षभन्दा ९४ हजार ३४६ बढि पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रूपमा बृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए । उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढि तेस्रो मुलुकका पर्यटकहरूको आवागमन बृद्धि भएको देखिएको बताए । उनका अनुसार गत वर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या बृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ ।

त्यस्तै गत वर्ष भारतीयहरू पर्यटकको संख्या १ लाख ६ हजार भएकोमा यो वर्षको जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए । कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टधारी पर्यटक अर्थात नेपाल र भारत बाहेकका पर्यटकको संख्या यो वर्ष निकै उत्साहप्रद रूपमा बृद्धि भएको सूचना अधिकृत राईले बताए । उनका अनुसार गत वर्ष जुलाईसम्म ३ हजार ९ ७५ पर्यटकले लुम्बिनी पाईला टेकेकोमा यो वर्ष संख्या हवात्तै बृद्धि भएर ३६ हजार ९९७ पुगेको छ । यो ८ सय ३० प्रतिशले बृद्धि भएको हो । कोभिडको समयमा विश्व घुम्न नपाएकाहरू बिस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटक संख्या बृद्धि भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission