© २०२३
बुटवल,२५ साउन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–६ निवासी ३६ बर्षकी मधु कुमाल विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् ।
लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचारगर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै बसेकी छिन् ।
उपचारमा आर्थिक अभाव भएपछि वडा नम्बर ६ को कार्यालयले सहयोगको लागि मनकारी महानुभावहरु लाई आग्रह सहितको पत्र समेत काटेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको लागि आग्रह गरिएको बताए ।
श्रीमान् घरेलु मजदुर समेत रहेका कुमालको परिवारमा आर्थिक चपेटामा रहदै आएको छ । उपचारका लागि केही समय पहिला अस्पताल चाहारे पनि आर्थिक अभावको कारण उनको उपचार गर्न नसकिएको श्रीमान् रेन बहादुर कुमालले बताए । उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले मधु कुमालको नाममा ग्लोबल आईएमी बैंक सन्धिखर्क शाखाको खाता नम्बर ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिने पीडित कुमालले बताएकी छन् ।