ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

नियम मिच्ने सहकारीलाई नियमन गर्दै गढवा सरकार

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

लमही, २३ साउन । गढवा गाउँपालिका क्षेत्रमा क्रियाशिल ४८ बढी सहकारी संस्थाहरूलाई सहकारी ऐन नियमावली कार्यबिधि बमोजिम सहकारी संस्थाहरू सञ्चालन गर्न आव्हान गरिएको छ । सहकारी संस्थाहरूको संयुक्त छाता संगठन गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जाल मार्फत सहकारी संस्थाहरूलाई नियमन र अनुगमनलाई गाउँपालिकाले अगाडि बढाएको हो ।

डिभिजन सहकारी कार्यालयबाट सहकारी संस्थाहरूलाई नियमन, अनुगमन र सुपरिबेक्षण गर्ने सबै जिम्मेवारी स्थानीय सरकारको मताहतमा आएपश्चात् गढवा गाउँपालिकाले सहकारी शाखा स्थापना गरि शाखा प्रमुख समेत ब्यवस्थापन गरेको छ । सोही शाखा मार्फत पालिकाभरका सबै सहकारीहरूलाई सहकारी सिद्धान्त, मूल्यमान्यता, ऐन तथा नियमावली बमोजिम नियमन, अनुगमन र सुपरिबेक्षणको पाटोलाई प्रभावकारी रूपमा अगाडि बढाइने भएको शाखाका प्रमुख अशोक कुमार यादवले जानकारी दिए ।

जिल्लाका कैयन सहकारी संस्थाहरूमा देखिएको बिकृति, बिसंगति र अराजकताको स्थितिलाई मध्यनजर गर्दै गढवाका सहकारी संस्थाहरूमा यस्तो स्थिति पैदा हुन नदिन थप सतर्कताका साथ सहकारीहरूलाई नियमनमा शसक्तता दिने पालिकाको लक्ष्य रहेको शाखाले जनाएको छ ।
गढवामा केही सहकारीहरूमा ऐन नियमावली पालनामा बिकृति देखिएको र गाउँपालिकाले लिएको लक्ष्य अनुरूप सहकारीहरूलाई शसक्त रूपमा निगरानी गरेमा यो समस्या हल हुने स्थानीय जानकारहरू बताउँछन् ।

गढवामा बिभिन्न उद्देश्य अनुरूप क्रियाशील रहेका सबै सहकारी संस्थाहरूलाई नियमन गर्न सहकारी ऐन नियमावली बमोजिम केहि नियमनका बुदाहरूमा सबै सहकारीहरूलाई प्रतिवद्ध गराई हस्ताक्षर समेत गराईएको छ । सहकारीहरूले आर्थिक बर्ष समाप्त भएको तिन महिना भित्र साधारणसभा र लेखा परिक्षण गरि सो को प्रतिलिपी स्थानीय सरकारको सम्बन्धित शाखामा पेश गर्नुपर्ने छ । त्यसै गरि खरिद आदेश फाराम भोरेर मात्र प्रकृयानुसार सरसामान खरिद गर्नुपर्ने, सहकारीका सबै कोषहरू परिचालन गर्न आर्थिक नियमावली तथा कार्यबिधिहरू तयार गर्नुपर्ने छ । भने बर्षमा एक पटक शेयर लाभांस रकम अनिवार्य वितरण गर्नुपर्ने छ ।

सहकारीहरू अनिवार्य रूपमा कोपोमिस सफ्टवेयर प्रबिधिमा जोडिएर आफ्ना गतिविधी अद्याबधिक गर्नुपर्ने,सबै सहकारीहरूले सुचना अधिकारी तोकी निजको बायोडाटा सहित स्थानीय सरकारको सहकारी हेर्ने शाखामा बिवरण पेश गर्नुपर्ने, अनुदानको मल बिक्री गर्ने कृषि सहकारीहरूले कार्यबिधि बिपरित गरेको खण्डमा इजाजत खारेज गरिने छ । बिना बिज्ञापन सहकारीहरूले कर्मचारी भर्ना गर्न नपाउने र सुचना स्थानीय सरकारलाई अनिबार्य पेश गर्नुपर्ने छ । हरेक बर्ष सम्पत्ति सुद्धिकरण फाराम अनिबार्य रूपमा भोर्नुपर्ने नियम गढवा गाउँपालिका सहकारी शाखाले सबैसहकारीहरूलाई जानकारी गराएको छ । यसैगरी अबिधेशन गर्नुपर्ने भएमा १५ दिन अगावै निर्वाचन समिति बनाउनुपर्ने र सो को जानकारी स्थानीय सरकारलाई दिनुपर्ने छ ।

कार्यक्षेत्र बाहिर आर्थीक कारोवार नगर्ने, एक सहकारी एक सदस्य को नियम पालना गर्नुपर्ने, ऋण बिमा अभियान अगाडी बढाउने, ब्याजदर सरकारले तोकेभन्दा बढी कायम नगर्ने, सञ्चालक समितिले सकभर ऋण नखाने तर खाएको खण्डमा ४९ प्रतिशतमा नबढाई खाने, साधारणसभा गर्दा पहिलो पटकमा अनिबार्य रूपमा ५१ प्रतिशत उपस्थिति हुनुपर्ने,आर्थिक कारोवार बैंकीङ्ग प्रणालीबाट मात्र गर्न निर्देशन दिएको छ ।

पालिकाभरमा संचालीत सबै सहकारी संस्थाहरू सहकारी ऐन, नियमावली, बिनियम र कार्यबिधि बमोजिम संचालन गर्न र आवश्यक कार्यबिधि आफै तयार गरेर मात्र काम गर्न सबै सहकारीका नेतृत्वहरूले सचेतता पुर्वक कामगर्न स्थानीय सरकारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?