ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित
रामग्राम नगरपालिकाको दुई स्वास्थ्य चौकीमा

किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

नवलपरासी, २३  साउन ।   जिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको छ । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पुर्वाँधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वार्ड नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वार्ड नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको हो ।

संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्काल दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पुर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ,उनले भने,आवश्यक पुर्वाधार तयार गरे पछि तत्काल ति दुई स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गरिने छ ।

स्वास्थ्य सस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । निर्देशिका सरकारले पठाए पछि नगरक्षेत्र भित्र पुरै नभए पनि तत्कालै केही संस्थाहरूबाट सेवा शुरु गर्न निर्णय भए अनुसार तत्काललाई दुई वटा स्वास्थ्य सस्थाबाट सेवा प्रवाह गर्ने जानकारी नगरप्रमुख धनपत यादवले समेत बताएका थिए ।

जारी निर्देशिका अनुसार किशोरकिशोरी मैत्री सेवा सञ्चालन पुर्व विभिन्न मापदण्ड पुरा भएको भनि नगरपालिकाले प्रमाणित गर्नु पर्छ । जुन मापदण्ड अनुसार किशोरकिशोरीहरूको स्वास्थ्य सम्बन्धि जानकारी, समुदायको सहयोगबारे जानकारी हुनु पर्छ । त्यसैगरि सेवा प्रवाहको उपयुतm प्याकेज,स्वास्थ्यकर्मीको दक्षता, उपयुतm स्वास्थ्य सस्थाको विशेषता,भेदभाव रहित समतामुलक सेवा,तथ्याँक र गुणस्तर सेवा, किशोर किशोरीको सहभागिताको आधारमा विभिन्न मापदण्ड भए पछि स्वास्थ्य शाखाले प्रमाणिकरण गर्नेछ । किशोरकिशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा,परामर्श र प्रेषण सेवा,परिवार योजना वा नियोजन सेवा, परामर्श र प्रेषण सेवा (कम्तीमा कण्डम, पिल्स, तीन महिने सुई, आकस्मिक गर्भ निरोधक साधन) को सेवा, पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा, यौनजन्य संक्रमण तथा एचआईभि नियन्त्रण,रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनुपर्छ ।

त्यसैगरि हिँसाबाट बच्ने उपायबारे जानकारी वा परामर्श र प्रेषण सेवा,लागु पदार्थ दुब्र्यसनबाट बच्ने उपायको बारे जानकारी वा परामर्श र प्रेषण सेवा र मानसिक समस्या सम्बन्धि जानकारी वा परामर्श र प्रेषण सेवाहरू दिइएको हुनु पर्छ । यि सबै सेवाहरू भएको र आवश्यक पुर्वाधार र गोपनियताको हिसाबले पनि गोप्य र सुरक्षित स्थान हुनु पर्छ । यि सबै मापदण्ड र सेवा भए पछि सस्था प्रमाणिकरण हुन्छ । सस्थाहरू प्रत्येक तिन बर्षमा पुनः प्रमाणित गराउनु पर्ने हुन्छ । सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूले प्रत्येक ६ महिनामा सस्थाको स्वःमुल्याँकन गरी प्रमाणिकरण गर्ने निकायलाई जानकारी गराउनु पर्छ । सरकारी स्वास्थ्य संस्था मात्रै नभई निजी स्वास्थ्य सस्थाहरूलाई पनि सो मापदण्ड अनुसारको सेवा प्रवाह गराउन समेत लगाउनु पर्ने निदेशिकामा उल्लेख गरिएको छ ।

त्यसै गरि प्रत्येक ६ महिनामा सेवा प्रवाह गर्ने स्वास्थ्य सस्थाले स्वःमुल्याँकनका लागि अनुसुचि ३ बमोजिम भौतिक पुर्वाधार र संरचनामा किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरूले देख्ने सुन्न नसक्ने गरी गोपनियताको कायम राख्ने ब्यवस्था,स्वच्छ वातावरण र विद्युत आपुर्ति रहेको,सस्थामा नियमित विद्युत आपुर्ति रहेको र सेवाग्राहीले पालो पर्खदा बस्नको लागि उपयुक्त ब्यवस्था भएको हुनु पर्ने उल्लेख छ । औजार उपकरण र समाग्रिमा तौल तथा उचाई मापन गर्ने उपकरण उपलब्ध भएको,कण्डम राख्ने बाकस सबैको पहुँच हुने गरि राखिएको, स्तेथोस्कोप तथा बीपीसेट भएको, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नेपाल सरकारले तोके बमोजिम औषधीको उपलब्धता भएको र सेवा प्रदायक स्वास्थ्यकर्मीहरूको नियमित उपस्थिती रहेको अवस्था अनुसार अंकभार तोकिएको छ ।

यसैगरि ब्यवस्थापन तर्फ उपलब्ध स्वास्थ्य सेवा निःशुल्क वा सहुलियत दरमा किशोरकिशोरीलाई प्रदान गर्ने गरेको,किशोरकिशोरीहरूले छिटो छरितो रूपमा सेवा पाउने ब्यवस्था भएको,नागरिक बडापत्रमा किशोरकिशोरी मैत्री सेवा र सेवा प्रप्त गर्ने लाग्ने समय र शुल्कबारे स्पष्ट उल्लेख भएको,किशोरकिशोरीलाई चाहिएको सेवा स्वास्थ्य सस्थामा उपलब्ध नभएमा प्रेषण गरिने स्वास्थ्य संस्थाको विवरण उपलब्ध भएको,सस्थामा गुनासो पेटिका रहेको, प्राप्त गुनासाहरूलाई नियमित रूपमा सम्बोधन गर्ने गरेको,स्वास्थ्य सस्थामा हुने बैठकहरूमा किशोरकिशोरीहरूको सहभागिता कम्तीमा ५० प्रतिसत बैठकमा हुने गरेको र माईन्युट गरेको, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका लागि स्थानीय तह वा स्वास्थ्य संस्थाले बजेट बिनियोजन गेको किशोर किशोरी मैत्र सेवा अगिकत लोगो देखिने गरि राखिएको आधारमा पनि अंकभार तोकि स्वःमुल्याँकन गर्नु पर्छ ।
स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार समाग्रि र प्रोटोकलहरूको उपलब्धता अन्तरगत किशोरकिशोरी स्वास्थ्य अधिकार सम्बन्धि ८ वटा पुस्तिकाहरू सेट किशोरकिशोरीको पहुँचमा भएको र किशोरकिशोरीले सहज तरिकाले पढन वा लैजान पाउने किशोरकिशोरी र यौनिकता,यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा समाग्रिहरूको उपलब्धता भएको समेत उल्लेख गरिएको छ । सेवा उपलब्धता,स्वास्थ्यकर्मीहरूको क्षमता र दक्षता,समुदायको सहयोग, तथ्याँक एवंगुयास्तर सुधार अंक समेत तोकिएर स्वःमुल्याँकन भर्नु पर्ने उल्लेख गरिएको छ । तत्पश्चात किशोरकिशोरीसँगको अन्तरवाता, ब्यवस्थापन समितिसँगको अन्तरवार्ता समेत लिइनु पर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?